मनहरी–मङ्सिर ४ गते । शनिबार अन्तर्राष्ट्रिय बालअधिकार दिवस मनहरी गाउँपालिकामा पनि विविध कार्यक्रम गरी मनाइएको छ । मनहरी गाउँपालिका बाल सञ्जालले विभिन्न वडामा हाजिरी जवाफ तथा मेमोरी कन्टेस्ट आयोजना गरी दिवस मनाएको हो ।

अन्तराष्ट्रिय बाल दिवसको अवसरमा सिविन नेपालको आर्थिक सहयोगमा मनहरी गाउँपालिकाको विभिन्न वडाहरुमा कार्यक्रम गरिएको हो । विश्वभर बालबालिकाको उत्थान र जीवनशैलीमा सुधारका लागि हरेक वर्ष नोभेम्बर २० तारिखमा यो दिवस मनाउने गरिन्छ ।

‘बाल्यकालको कल्पना गरी हरेक बच्चाको लागि महामारीपछिको राम्रो संसार’ भन्ने नाराका साथ यसवर्ष बालअधिकार दिवस मनाइएको हो । विभिन्न ३९ सुचक पुरा गरी मनहरी गाउँपालिका बालमैत्री गाउँपालिकाको रुपमा घोषण भएपनि शनिबार आयोजित कार्यक्रममा मनहरी गाउँपालिका वडा नम्बर ६ मा वडा अध्यक्ष लगायत सदस्यहरु कोही पनि कार्यक्रममा उपस्थित नभएको पाइएको छ ।

मनहरी गाउँपालिका बाल सञ्जालका अध्यक्ष आशिष बुढाथोकीले वडाध्यक्षको कार्यकक्षमा मै गएर बैठक बसी कार्यक्रमको विषयमा सुचना गराइए पनि कार्यक्रमको समयमा योजनाको काम छ भन्दै वडा अध्यक्ष लगायत कुनै पनि प्रतिनिधि कार्यक्रममा उपस्थित नभएको भन्दै गुनासो व्यक्त गर्नुभयो ।

मनहरी लाइभसंग कुरा गदैं बुढाथोकीले बालबालिकाको हक हित र संरक्षणको लागि अभिभावकको भुमिका खेल्नु पर्ने निकायले नै वेवास्ता गर्दा दुख लागेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here