सामग्री बितरण गर्नुहुँदै प्याब्सन मकवानपुरका कोषाध्यक्ष लक्ष्मी श्रेष्ठ ।

कैलाश–मङ्सीर ४ गते । मकवानपुरको दुर्गम कैलाश गाउँपालिका ८ स्थित धुवाङ माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि जाडो यामलाई लक्षित गरी स्वीटर र टोपीसहित अध्ययन सामग्री बितरण गरिएको छ

। प्रारम्भ पाठशाला (युके) का विद्यार्थीहरु तथा नेपाल निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मकवानपुरको संयोजनमा कक्षा १ देखि ५ सम्मका साना बालबालिकालाई लक्षित गरी स्वीटर र टोपी बितरण गरिएको हो ।

बिद्यालयका शिशु कक्षा देखि तीन कक्षा सम्मका ५२ जना बिद्यार्थीलाई उनी स्वीटर, टोपी, कपी, शिशाकलम, इलेजरक, कलर र सापनर बितरण गरिएको छ । त्यसैगरी कक्षा ४ र ५ का ४८ जना बिद्यार्थीलाईलाई कापी र कलम गरीएको छ ।

बिद्यालयलाई ५० थान बालकथाका बुक सहित पुस्तकालय व्याग हस्तान्तरण गरिएको थियो । कुल ५४ हजार ३ सय रुपैयाँको न्यानो कपडा र शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।

सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश मुक्तान प्रधानाध्यापक देवराज स्याङ्तान र प्याब्सन मकवानपुरकी कोषाध्यक्ष लक्ष्मी श्रेष्ठको सहभागिता रहेको थियो ।

दुर्गम गाउँका बालबालिकाका लागि विदेशबाट सामग्री हस्तान्तरण गरिएकामा अध्यक्ष मुक्तानले प्रारम्भ पाठशाला युके र प्याब्सन मकवानपुरलाई धन्यवाद ब्यक्त गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here