नहरी–कात्तिक १४ गते । मनहरी ८ सिम्पानी मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले २३ औ वार्षिक साधारणसभा आइतबार सम्पन्न गरेको छ ।

कार्यक्रममा स्थापना कालदेखि हालसम्म संस्थाको सामाजिक, समुदाय तथा व्यवसायिक कृयाकलापहरुमा निरन्तर सहभागिता जनाउदै संस्थाको प्रगतिमा योगदान पु¥याउनु भएका ११ जना जेष्ठ सदस्यलाई सुरक्षण कोषबाट मिलान हुने गरी पुरस्कार प्रोत्साहन प्रदान गरिएकोृ छ । जनही १० हजारका दरले प्रोत्साहन पुरस्कार पाउनेहरुमा जेष्ठ सदस्य समूह नम्बर ४५ का कृष्ण प्रसाद गौतम, बीरबहादुर राई, भिम कुमारी मैनाली, राम प्रसाद बर्तौला, बिष्णु माया गुरुङ, ठुली माया सुबेदी, बद्री बहादुर अर्याल, साईली माया स्याङ्तान, मानबहादुर रुम्बा, रुद्रबहादुर सुबेदी र मेघ बहादुर रिमाल लगाएत रहनु भएको छ ।

सस्थाले चन्द्रावती बर्तौलालाई उत्कृष्ट ऋण कारोबारी, लीलाराम भट्ट सर्बोत्कृष्ट शेयर खरिद, गोबिन्दप्रसाद ढकाल उत्कृष्ट शेयर खरिद, गणेशमान मानन्धर सर्बोत्कृष्ट दैनिक बचतकर्ता, बिमला थोक्रा उत्कृष्ट तरकारी खेती, मान बहादुर मुक्तान उत्कृष्ट पशुपालन, बिमला स्याङ्बो उत्कृष्ट बंगुर पालक, रामकृष्ण उप्रेती उत्कृष्ट फलफुल खेती र प्रमिला भट्टलाई उत्कृष्ट बचतकर्ताको रुपमा नगद र सम्मान पत्रले सम्मानित गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले आफू पनि जनप्रतिधि हुनुअघि सहकारी अभियन्ता भएको बताउँदै गाउँपालिकाले सहकारीको विकास र सहकारी अभियानमा सदैब हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्नुहुँदै राप्ती डिभिजन कार्यालयका प्रमुख बिष्णुप्रसाद आचार्यले गाउँको आर्थिक विकासमा सहकारी अभियानलाई सबैले साथ दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

मनहरी गाउपालिका वडा नम्बर ६, ७, ८ र ९ लाई मुख्य कार्य क्षेत्र बनाएर आफ्नो कार्यक्रम सन्चालन गर्दै आएको सँस्थाको कुल सदस्य संख्या २ हजार २ सय ४३ जना रहेको छ । आर्थिक बर्ष २०७७÷०७८ मा सस्थाले १ करोड ८ लाख ५२ हजार ९९२ रुपियाँ खुद नाफा गरेको छ । कार्यक्रममा सस्थाका प्रबन्धक ज्योति सुबेदीले सस्थाको आर्थिक प्रतिबेदन तथा सस्थाका अध्यक्ष बिमला कार्कीले सस्थाको निती तथा कार्यक्रम प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here