मनहरी–कात्तिक १४ गते । नेपाली काँग्रेसले संगठन बिस्तार र पार्टी प्रवेश कार्यलाई बलियो बनाउँदै लगेको छ । मनहरीमा आइतबार आयोजित चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा यस क्षेत्रका चर्चित व्यक्तिहरु काँग्रेसमा खुल्नु भएको छ । यसरी खुल्नेहरुमा उद्योगी, व्यवसायीहरु देखिएका छन् ।

नेकपा एमाले, राप्रपा, माओवादी लगायत पार्टीबाट कूल ६ सय भन्दा बढीले नेपाली काँग्रेसको साधारण सदस्यता पाएका हुन् । उनीहरुलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्याय, जिल्ला सभापति एबम् बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानिया लगायतले स्वागत गर्नुभयो ।

कार्यक्रममा पार्टी प्रवेश गर्नेहरुमा पश्चिम मकवानपुरमा पन्चायतकालीन अबस्थादेखि नै राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय समाजसेवी एबम् पूर्व जिल्ला सदस्य रामचन्द्र बर्ताैला, बर्तमान जिल्ला सदस्य प्रकाश सामरी, मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका बरिष्ठ उपाध्यक्ष गणेशमान मानन्धर, मकवानपुर उद्योग बाणिज्य संघ हेटौँडाका सदस्यमा निर्वाचित भएका कृष्णहरि बर्ताैला, मिलन लामा, दामोदर पाठक, पार्वती सुवेदी, मनहरीका व्यवसायीहरु एमालेका गीता कर्माचार्य, पद्मराज बर्ताैला, गुणराज बर्ताैला लगायत रहनु भएको छ ।

त्यसैगरी केही समयअघि मनहरी ६ स्थित सुनाचुरी सामुदायिक वन उपभोक्ता समूहमा निर्वाचित अध्यक्ष फुलमाया जिम्बा लगायत रहनु भएको छ ।
त्यसैगरी केहीदिनअघि नेकपा एमालेमा प्रवेश गराइएका भनिएका मनहरी ८ का राजु ब्लोन पुनः काँग्रेसमै फिर्ता हुनु भएको नेपाली काँग्रेस सभापति प्रकाश बर्ताैलाले बताउनुभयो । रुपाचुरी क्षेत्रका एउटा टोलभरिका मानिसहरु काँग्रेस प्रवेश गरेको बर्ताैलाले बताउनुभयो ।

‘साधारण सदस्यता कार्ड पर्याप्त उपलब्ध नहुँदा सबैलाई बितरण गर्न सकिएन’, सभापति बर्ताैलाले भन्नुभयो–‘उहाँहरुलाई सिन्दुर मात्रै लगाएर भए पनि प्रवेश गराइएको छ ।’ कतिपय वडाहरुमा भर्खरै एमालेको वडा कमिटीमा बसेका दर्जनभन्दा बढी मानिसहरु काँग्रेसमा प्रवेश गराइएको छ । यसरी प्रवेश गर्नेहरुमा वडा नं ४ र ६ का रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here