मनहरी–कात्तिक १ गते । मनहरी क्षेत्रका पाँचजना उम्मेदवार आगामी कात्तिक ९ गते हुने मकवानपुर उद्योग बाणिज्य संघ हेटौँडाको निर्वाचनमा सहभागी हुने पक्कापक्की भएको छ ।

मनहरीका व्यवसायीहरु राधिका सामरी पाण्डे, कृष्णहरि बर्ताैला, राजु राउत, श्रीकृष्ण कर्माचार्य (भाई) र दामोदर पाठकले निर्वाचनमा सहभागिता जनाउन लाग्नु भएको हो ।

हाल सहकोषाध्यक्ष रहनु भएकी पाण्डेले मनहरीका लागि आरक्षित गरिएको सदस्य कोटामा उम्मेदवारी घोषणा गर्नु भएको छ । त्यसैगरी दुईपटिक सदस्य भइसक्नु भएका कृष्णहरि बर्ताैलाले पनि सोही पदमा दाबी गरी उम्मेदवारी दिनु भएको छ । मनहरीको आरक्षित कोटामै अर्का व्यवसायी राजु राउतले पनि उम्मेदवारी दिनु भएको छ ।

त्यसो त मनहरीका युवा व्यवसायी दामोदर पाठकले बाणिज्यतर्फ खुला सदस्य पदमा उम्मेदवारी घोषणा गर्नु भएको भने मनहरीकै श्रीकृष्ण कर्माचार्य (भाई) ले उद्योगतर्फको सदस्य पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ ।

मकवानपुर उद्योग बाणिज्य संघको अध्यक्षका प्रत्यासीका रुपमा यसपटक राजकुमार न्यौपाने र कृष्णकुमार गुप्ता अग्रवाल भिड्दै हुनुहुन्छ । त्यसो त महेन्द्र राउतले पनि यसपटक अध्यक्ष पदमा दाबी गरिरहेको बुझिएको छ ।

मनहरीका आरक्षित कोटामा प्रतिस्पर्धा गर्ने घोषणा गरेका मध्ये राजु राउत न्यौपानको प्यानलमा आबद्ध भएका छन् । सोही पदमा कृष्णकुमार गुप्ता अग्रवाल प्यानलबाट कृष्णहरि बर्ताैलाले तेस्रोपटक दाबी गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएको बताइन्छ । त्यसो त सोही पदमा राधिका सामरी पाण्डेले पनि दाबी गर्नु भएको छ । उहाँको प्यानल खुलेको छैन ।

उद्योगतर्फका सदस्य पदमा श्रीकृष्ण कर्माचार्य (भाई) र बाणिज्य तर्फका खुला सदस्यका उम्मेदवार दामोदर पाठक कृष्णकुमार गुप्ता (अग्रवाल) प्यानलका उम्मेदवार हुनुहुन्छ । मनहरीको लागि आरक्षित सदस्यमा तीनजनाको प्रतिस्पर्धा देखिएको छ । सो कोटामा जिल्लाभरबाटै मतदान हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here