मनहरी–असोज २० गते । डिभिजनल वन कार्यालय राप्ती मनहरीमा नयाँ कार्यालय प्रमुख आउने हुनु भएको छ ।

हालका डिभिजनल वन अधिकृत दीर्घनारायण कोइरालाको नुवाकोट सरुवा भएपछि उहाँको ठाउँमा डिभिजन कार्यालय डढेल्धुराबाट बिष्णुप्रसाद आचार्य आउन लाग्नु भएको हो । बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सूचना प्रकाशन गरी यस्तो जानकारी दिएको हो ।

संघीयता कार्यान्वयनपछि संघीय सरकारको मातहतमा रहेको वनलाई प्रदेश सरकार अन्तर्गत राखिएको छ । जस अन्तर्गत बागमती प्रदेशमा १५ वटा डिभिजन वन कार्यालय स्थापना भएका छन् । मकवानपुर र सिन्धुलीमा २/२ वटा डिभिजन वन कार्यालय रहेका छन् ।

मकवानपुरको मनहरीमा रहेको डिभिजन वन कार्यालय राप्तीलाई गाभेर डिभिजन वन कार्यालय हेटौँडालाई मात्रै कायम गर्ने तत्कालीन डोरमणि पौडेल नेतृत्व सरकारको तयारी असफल भएपछि डिभिजन वन कार्यालय राप्तीको अस्तित्व कायमै छ । हालसम्म डिभिजन वन कार्यालय राप्तीमा तीनजना कार्यालय प्रमुख आइसक्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here