राक्सिराङ–असोज ८ गते । नेपाली काँग्रेस राक्सिराङ गाउँपालिका इकाई सभापतिको असोज ९ गते शनिबार हुने गाउँ अधिबेसनमा तीनजना नेताले सभापति पदको दाबी गर्नु भएको छ । यद्यपि, सर्बसम्मत नेतृत्वको अधिकतम प्रयास जारी रहेको काँग्रेसजनले बताएका छन् ।

सभापति शेरबहादुर देउबापक्षधर र गैर देउबाा पक्षधरबीच चुनावी भिडन्त हुने निश्चितजस्तै छ । त्यसो हुँदा देउबापक्षधर भनेर आधिकारिक रुपमा देवकुमार लामाले सभापतिको दाबी गर्नु भएको छ भने गैर देउवा पक्षधरको रुपमा हालका सभापति बीरेन्द्र जिम्बा र जनप्रतिनिधि समेत रहनु भएका जयबहादुर तितुङको दाबी छ ।

जिम्बा र लामा साबिक सरिखेत गाविसतर्फको हुनुहुन्छ भने तितुङ साबिक काँकडा गाविसको प्रतिनिधित्व गर्नुहुन्छ । चुनाव हुने बखत देउबा इतर पक्षबाट जिम्बा र तितुङमध्ये एकजना मात्रै उम्मेदवार हुने र देउबा पक्षबाट लामा नै उम्मेदवार हुने बताइन्छ । लामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काँग्रेस प्रवेश गरेका ब्यक्ति हुन् भने जिम्बा लामो समयदेखि साबिक सरिखेतको सभापति हुँदै राज्यको पुनसंरचनापछि बनेको राक्सिराङ गाउँपालिकाको सभापति हुनुहुन्छ ।

असल संगठकको रुपमा जिम्बाले राक्सिराङ गाउँपालिकामा नेतृत्व गरिरहनु भएको छ । तितुङ जनप्रतिनिधिकको रुपमा वडा नं ८ मा सदस्यको रुपमा काम गरिरहनु भएको छ । उहाँ पुराना काँग्रेस हुनुहुन्छ । तिनै जना उम्मेदवारलाई मिलाएर सर्बसम्मत नेतृत्व चयन गर्नेगरी होमवर्क भइरहे पनि निर्वाचन हुँदा जिम्बा र लामाबीच हुने पक्कापक्की जस्तै छ ।

एकातर्फ राक्सिराङ गाउँपालिकामा अहिलेको ठूलो पार्टी काँग्रेस निर्माण गर्न जिम्बाको ठूलो योगदान रहेको भन्दै उनैलाई पुनः अघि बढाउनुपर्छ भन्ने आवाज उठेका छन् भने नेतृत्व हस्तान्तरण हुनुपर्ने र अन्य पार्टीबाट आएकाहरुलाई पनि काम गर्ने अबसर दिनुपर्नेमा अर्काथरिको आवाज छ ।
राक्सिराङमा १५४ जना बुथ प्रतिनिधिहरुले मतदान प्रक्रियामा भाग लिँदै छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here