मनहरी–असोज १ गते । नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक नेपाल) मनहरी गाउँपालिका कमिटीको अध्यक्षमा दुर्गाबहादुर रामदाम चुनिनु भएको छ ।
शुक्रबार मनहरी ७ मनकामना मन्दिर परिसरमा भएको चौथो अधिबेसनले रामदामको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा नानीबहादुर थिङ, सचिवमा इश्वर अर्याल, कोषाध्यक्षमा इन्द्रबहादुर स्याङ्तान र सहसचिवमा शिवहरि राउत निर्विरोध चुनिनु भएको छ । अन्य सदस्यहरुमा सीताराम स्याङ्तान, बाबुलाल रुम्बा, मनिष घिसिङ, उपेन्द्र स्याङ्तान, मीना सुनार र सुनिता रुम्बा रहनु भएको छ ।
नवगठित कमिटीलाई क्युपेकका केन्द्रीय सल्लाहकार राजु आचार्यले सपथ ग्रहण गराउनु भएको थियो । नवगठित कमिटीका अध्यक्ष रामदामले क्युपेक नेपाललाई सबैको सहयोगबाट अघि बढाउन आफूले भूमिका निर्बाह गर्ने बताउनुभयो ।
निवर्तमान अध्यक्ष गोविन्द गलान (गोपी) को अध्यक्षता तथा केन्द्रीय सल्लाहकार आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला प्रतिनिधि परिषद प्रमुख देवीप्रसाद दाहाल, क्युपेक जिल्ला अध्यक्ष प्रताप राई, उपाध्यक्ष प्रल्हाद राई, हेटौँडा उपमहानगर कमिटीका अध्यक्ष खड्गबहादुर गोले, पूर्व उपमहानगर अध्यक्ष दुर्गाबहादुर वाइबा लगायतको सहभागिता रहेको थियो ।