नेकपा माओवादी केन्द्र मनहरीका अध्यक्ष रामप्रसाद कालाखेती ।

मनहरी–भदौ २७ गते । नेकपा माओवादी केन्द्र मनहरी गाउँपालिका कमिटीका अध्यक्ष रामप्रसाद कालाखेतीले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले जीत हासिल गर्ने बताउनु भएको छ ।

रेडियो मनहरी एफएमको कार्यक्रम मनहरी बहसमा कुराकानी गर्दै उहाँले जनताले जनताले संघीयताको मर्म बुझिसकेको र संघीयताको जन्मदाता नै माओवादी केन्द्र भएको दाबी गर्नुभयो । उहाँले स्थानीय तहको निर्बाचनमा माओवादी पार्टी पहिलो बन्ने दाबी गर्दै मकवानपुरका ९० प्रतिशत स्थानमा जीत हासिल हुने बताउनुभयो ।

पार्टीले देशव्यापीरुपमा पार्टी सुदृढिकरण गर्दै वडा कमिटी गठन, सेल कमिट गठन र टोल कमिटी गठनमा जनताहरुको बाक्लिँदै गएको बताउँदै उहाँले माआवादी केन्द्रप्रतिको जनलहर कसैले छेकेर छेक्न नसक्ने र थेगेर थेग्न नसक्ने अबस्था रहेको बताउनुभयो ।

हाल संयुक्त गठबन्धनको सरकारले काम गरिरहे पनि निर्वाचनका बेला माओवादी एक्लै चुनावमा जान सक्ने गरी तयारी बनिरहेको उहाँले बताउनुभयो । ‘हाम्रो पार्टी एक्लै मैदानमा उत्रँदा पनि ९० प्रतितशत स्थानमा जित हाँसिल गर्नसक्छ भन्ने हाम्रो अनुमान छ’, अध्यक्ष कालाखेतीले भन्नुभयो । माओबादी केन्द्र देश र जनताको हितको लागि सदैब लागिपरिरहेने पार्टी भएकोले पनि नेपाली जनताले पार्टीलाई विश्वास गरेको बताउनुभयो ।

२०६४ सालमा नयाँ पार्टी भएकै कारण नयाँको स्वाद चाख्दा माओवाादी केन्द्र ठुलो भएको यथार्थ महसुस गर्दै कालाखेतीले पछिल्लो चुनाबहरुमा तेस्रो पार्टी मात्रै बन्नुमा जनताको नभई पार्टीको नेतृत्वको नै दोष रहेको बताउनुभयो ।

पछिल्ला समयहरुमा जनताले पार्टीलाई राम्रोसंग बुझ्न नसकेको, संघीयताको विषयमा थाहा नभएको र संघीयताको जन्मदाता नै थाहा नभएको कारण तेस्रो पार्टीको रुपमा खुम्चनु परेको उहाँको भनाई थियो । कालाखेतीले अहिले भने जनताले माओबादी केन्द्रलाई नजिकबाट नियालेको, संघीयताको सार थाहा भएको कारण पार्टीमा जनलहर बढिरहेको हुँदा आगामी चुनाबमा पहिलो पार्टी बन्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here