हेटौँडा–भदौ २१ गते । इन्द्रसरोबर गाउँपालिका अध्यक्ष जीवन लामासहित मकवानपुरका विभिन्न स्थानीय तहका १० जना जनप्रतिनिधिले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी रोजेका छन् ।
समाजवादी रोज्नेहरुमा अध्यक्ष लामासहित वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य रहेका छन् । सोमबार दिउँसो प्रदेश निर्वाचन कार्यालय हेटौँडा पुगेर समाजवादीतर्फ सनाखत गर्नेहरुमा इन्द्रसरोबर गाउँपालिका अध्यक्ष लामासहित इन्द्रसरोबर गाउँपालिका ५ का वडाध्यक्ष धनराज महर्जन, इन्द्रसरोबर गाउँपालिका कार्यपालिका सदस्यहरु दुर्गावती थोकर, मन्जु रुम्बा, हेटौंडा उपमहानगरपालिका कार्यपालिका सदस्य कल्पना विक, हेटौँडा उपमहानगरपालिका १ नं वडा सदस्य इश्वरी सुनार, थाहा नगरपालिका वडा नम्बर ११ का वडा सदस्य सुनिल लामा, बागमती गाउँपालिका वडा नम्बर ५ का सदस्य विष्णु तिमल्सिना, इन्द्र सरोबर गाउँपालिका ५ का वडा सदस्य कृष्णजीत लामा, इमान लो रहनु भएको छ ।
उहाँहरुको सनाखतका नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एबम् बागमती प्रदेश इन्चार्ज केदार न्यौपाने, केन्द्रीय सदस्य मुनु सिग्देल, जिल्ला अध्यक्ष श्रीधर पोखरेल, सभासद राजाराम स्याङ्तान, उपाध्यक्ष मीना लामा, सचिव बिष्णु दाहालसहितको टोली प्रदेश निर्बाचन कार्यालय हेटौँडा पुग्नु भएको थियो ।
मकवानपुर जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरुको नेकपा एकीकृत समाजवादीतर्फ सनाखत भएसँगै जिल्लामा समाजवादी रोज्ने जनप्रतिनिधिको संख्या ३५ पुगेको छ । यो संख्या अझै बढ्ने क्रममा रहेको समाजवादीका जिल्ला अध्यक्ष श्रीधर पोखरेलले जानकारी दिनुभयो ।