प्रहरीले पक्रेको काठ र ट्रक ।

मनहरी–भदौ १३ गते । मनहरी गाउँपालिका ९ ज्यामिरेस्थित भलाद्मी चोकबाट ट्रकमा काठ लोड गर्दै गरेका एक ब्यक्ति, काठ बोक्न प्रयोग भएको एउटा मिनी ट्रक र ८५.६१ क्युबफिट काठ इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार राति १ बजेको समयमा पूर्वपश्चिम राजमार्गमा रोकिएको ना ६ ख ५२३४ नं को आइचर ट्रकमा चिरान काठ लोड गर्दै गरेको अबस्थामा स्थानीय कृष्णराम उप्रेती पक्राउ परेको इलाका प्रहरी कार्यालय मनहरीले जानकारी दिएको छ । प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा रहेको प्रहरी टोलीले काठ, ट्रक र मानिस पक्राउ गरेको हो ।

पक्राउ परेको काठ, ट्रक र उप्रेतीलाई कारबाहीका लागि डिभिजन वन कार्यालय राप्त मनहरीमा पेस गरिएको इलाका प्रहरी कार्यालय मनहरीले जानकारी दिएको छ ।

बिशेष सुराकीका आधारमा काठ, ट्रक र मानिस पक्राउ गरिएको हो । चिरान काठ भएकाले ज्यामिरे कालिका सामुदायिक वन क्षेत्रबाट यसअघि उपभोक्तालाई बितरण गरिएको काठ अन्यत्र बिक्रीका लागि लैजान लागिएको आशंका गरिएको छ । घटनाबारे अनुसन्धान अघि बढेको सव डिभिजन वन कार्यालय मनहरीका सहायक वन अधिकृत भरत भण्डारीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here