राक्सिराङको सदरमुकाम चैनपुर र बोटबारी क्षेत्र ।

राक्सिराङ–भदौ ११ गते । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं ५ स्थित एक घरमा भदौ १० गते राति चोरी भएको छ । एकान्त स्थानमा रहेको मन्दिप घलानको घरमा मध्यराति चोरी भएको स्थानीय समाजसेवी कमल मुक्तानले बताउनुभयो ।

उहाँका अनुसार उक्त घरमा मन्दिपका छोरा मात्रै सुत्ने गर्थे । चोरी भएका दिन साथीको घर गएका बेला ताला फोरेर चोरहरुले नगद १८ हजार रुपियाँ लगेको पाइएको मुक्तानले जानकारी दिनुभयो ।

घटनाबारे प्रहरी चौकी राक्सिराङमा निवेदन दिइएको र घटनाको अनुसन्धान थालिएको बताइएको छ । लामो समयपछि पुनः चोरी डकैती बढ्न थालेको भन्दै गाउँलेहरु त्रसित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here