वडाध्यक्ष सूर्जबहादुर थिङ ।

कैलाश–भदौ ११ गते । कैलाश गाउँपालिका वडा नं ८ का वडाध्यक्ष सूर्जबहादुर थिङले आफूहरु समाजवादी अभियानमा लागेको बताउनु भएको छ ।

तत्कालीन नेकपा एमालेबाट टिकट पाएर स्थानीय तहमा निर्बाचित उहाँसहित कैलाशका अधिकाँश जनप्रतिनिधिहरु नेकपा एकीकृत समाजवादी पार्टीमा खुलेको उहाँले बताउनुभयो ।

‘मैले बताएको भनेर सामाजिक सञ्जालतिर समाचार आएको देखेँ, मलाई कोही पनि पत्रकारले फोनै गरेका छैनन’, उहाँले मनहरीलाइभसँग भन्नुभयो–‘म स्पष्ट रुपमा समाजवादीमा छु, सबैले सुन्नुहोला । म मात्रै होइन, कैलाशका अधिकाँश जनप्रतिनिधिहरु समाजवादीतिर हुनेछन् ।’
कैलाश गाउँपालिका अध्यक्ष मात्रै समाजवादीतिर गएको भन्ने समाजिक सञ्जालहरुमा हल्ला भएको थियो ।

तर, हल्ला भएजस्तो परिस्थिति नरहेको र कम्युनिष्ट आन्दोलनलाई बृहद् बनाउने अभियानमा अधिकाँश कैलाशका जनप्रतिनिधिहरुको साथ रहने गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले बताउनुभयो । ‘अहिले किन हल्ला गर्नुपरेको छ र ? निर्वाचन आयोगमा पुष्टि गरेपछि हल्ला गरे भैगो नि’, उहाँले भन्नुभयो ।

कैलाशका अध्यक्ष र उपाध्यक्षसहित १, ५, ८ र ९ मा वडाध्यक्ष र कतिपय अन्य वडाका सदस्यहरुमा एमालेले जीत हासिल गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here