मनहरी–भदौ ९ गते । मनहरी गाउँपालिका ३ लामिटार निबासी सञ्चारकर्मी बिकल्प चौलागाईमाथि दुब्र्यवहार भएको छ । उहाँलाई रजैयास्थित अग्निहोत्राश्रममा नेकपा एमाले निकट महिला नेतृहरुले रिपोर्टिङका लागि बोलाएर हुलहुज्जत गरिएको हो ।

रिपोर्टिङका लागि बोलाएपछि एक्लै आश्रम पुगेका चौलागाईलाई समाचार र सामाजिक सञ्जालहरुमा लेखेको बिषय झिकेर मनहरी गाउँपालिका कार्यपालिका सदस्य पम्फा बस्नेत (रोक्का), राधादेवी खकुरेल, बिमला कार्की लगायतले दुब्र्यवहार गरेको पीडित पत्रकार चौलागाईले बताउनुभयो ।

‘तपाईहरुका पनि आफ्ना कुराहरु होलान्, क्यामेरामै भन्नुहोस् भन्दा क्यामेरा नै हुत्तिने गरी धरपकड गरे’, चौलागाईले भन्नुभयो ।
चौलागाई मकवानपुर न्युज डटकम, एक्टिभ टेलिभिजन र शक्ति एफएममा कार्यरत हुनुहुन्छ ।

गत बर्ष वडा नं १ का वडाध्यक्ष शिवप्रसाद खनाललकी आमाले ३ ठाउँबाट सामाजिक सुरक्षा भत्ता लिएको बिषयलाई एक्टिभ टेलिभिजनमार्फत सार्बजनिक गरेपछि चौलागाईमाथि जनप्रतिनिधिहरु रुष्ट भएका छन् । त्यसो त गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले आफू पक्षधर पत्रकारहरुको भेला गराएर आयोजना गरेको पत्रकार सम्मेलनमा समेत आफूमाथि अध्यक्षले अपमान गरेको भन्दै चौलागाईले नेपाल पत्रकार महासंघ मकवानपुरमा निवेदन दिनु भएको छ ।

यसैबीच पत्रकारहरुको अभिब्यक्ति स्वतन्त्रता र केही कमजोरी भए आपसी समझदारी, वार्ता र छलफल तथा कानूनी कारबाहीको पाटो हुँदा हुँदै एक्लै एकान्तमा बोलाएर अभिभावक बन्नुपर्ने जनप्रतिनिधिहरुकै संलग्नतामा चौलागाईमाथि भएको आक्रमणको शक्ति एफएमले बिरोध जनाएको छ ।

बिज्ञप्ती निकालेर एफएमले संविधानले दिएको अभिब्यक्ति स्वतन्त्रता कार्यान्वनका लागि सम्बन्धित पक्षसँग माग गर्दै एकापसमा हार्दिकताका साथ अघि बढ्ने वातावरण बनाउन आग्रह गर्दै यदि त्यस्तो अबस्था नआए कानूनी प्रक्रियामा जान समेत तयार रहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here