मनहरी–साउन ३१ गते । राक्सिराङ गाउँपालिका वडा नं ३ लावती घर भई मनहरी गाउँपालिका ८ सिमपानी बस्ने ४० बर्षीय हिरालाल वाइबालाई राप्ती खोलाले बगाएर बेपत्ता पारेको छ ।

मनहरी गाउँपालिका ९ ज्यामिरेस्थित स्वस्तिक क्रसर उद्योग नजिकैबाट राप्ती खोला तर्ने क्रममा बाइवालाई बगाएको हो । वाइबासँगै खोला तर्ने क्रममा रहेका अन्य ४ जना भने फर्किएका थिए । साथीलाई खोलाले बगाएपछि फर्किएका युवाले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए । उनीहरु पर्सा राष्ट्रिय निकुञ्जतर्फ च्याउ खोज्न गएका थिए ।

खोलाले बगाएर बेपत्ता भएका वाइबालाई नेपाली सेना, शसस्त्र प्रहरीको खोज तथा उद्धार टोली, नेपाल प्रहरीसहितले बेपत्ता वाइबाको खोजी कार्य तीब्र पारेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here