कैलाश–साउन ३१ गते । मकवानपुरको कैलाश गाउँपालिका वडा नं ८ पाख्रेमा सुख्खा पहिरोका कारण दुई घर परिवार बिस्थापित भएका छन् । सुख्खा पहिरोले स्थानीय स्थानीय कृष्णबहादुर मुक्तान र बुद्धिमान मुक्तानको घर भत्किएको हो ।

केहीदिन देखि निरन्तर सुख्खा पहिरो गइरहेकाले मुक्तान दाजुभाईको घर एउटा तानिसकेको र अर्काे तानिने क्रममा रहेको कैलाश गाउँपालिका ८ नं वडाध्यक्ष सूर्जबहादुर थिङले बताउनुभयो । पहिरोका कारण कृष्णबहादुरको घर पूर्ण रुपमा ध्वस्त भएकाले परिवारै छिमेकीको शरणमा पुग्नु परेको छ ।

त्यसैगरी बुद्धिमान मुक्तानको घरको आँगनसम्म पहिरो पुगिसकेको र घर छाड्नुपर्ने अबस्था आएको वडाध्यक्ष थिङले जानकारी दिनुभयो । केही दिनमै बुद्धिमानको घरसमेत पहिरोले तानिसक्ने अबस्था रहेको उहाँले बताउनुभयो । पहिरोग्रस्त क्षेत्रमा प्रहरी पठाइएको र पहिरोपीडितहरुको सुरक्षित आवास र खाद्य व्यवस्थापनका लागि पहल गरिएको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here