खाद्यान्न हस्तान्तरण कार्य हुँदै ।

मनहरी–साउन २८ गते । पर्सा राष्ट्रिय निकुन्जबाट आउने हात्तीले मनहरी गाउँपालिका ९ ज्यामिरेमा स्थानीयबासिन्दाका घरहरु भत्काइदिएका छन् । ज्यामिरेस्थित बगर साइडमा बसोबास गर्दै आइरहेका स्थानीयबासिन्दाको घर हात्तीले भत्काएर क्षति पु¥याएको हो ।

क्षति पु¥याएका बस्तीमा गाउँपालिका उपाध्यक्ष मनिला बिष्ट, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा, ९ नं वडाध्यक्ष साधुराम अधिकारी, वडासचिव ठाकुरकुमार बर्ताैला, स्थानीय समाजसेवी हेमलाल उप्रेती लगायतको उपस्थितिमा राहत बितरण गरिएको छ । केही खाद्यान्न पीडित परिवारलाई बितरण गरिएको उपाध्यक्ष बिष्टले जानकारी दिनुभयो । रातभरि हात्ती लखेटेरै समय बिताउनुपर्ने बाध्यता झेल्दै आएका ६ घरका स्थानीयबासिन्दालाई खाद्यान्न प्रदान गरिएको उपाध्यक्ष बिष्टले बताउनुभयो ।

बर्षेनी हात्ती गाउँ पसेर दुःख दिने गरेको र क्षतिपूर्ति एबम् राहत व्यवस्थापनका लागि समस्या परिरहेको ९ नं वडाध्यक्ष अधिकारीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here