निर्माणाधीन कृष्ण मन्दिरमा गजुर हस्तान्तरण हुँदै ।

मनहरी–साउन १३ गते । मनहरी गाउँपालिका वडा नं ७ मानेडाँडामा निर्माणाधीन कृष्ण मन्दिरका लागि युवा समाजसेवी एबम् नेकपा एमालेका नेता नारायण श्रेष्ठले ढलौटको गजुर हालिदिने भएका छन् ।

श्रेष्ठले मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष रुपबहादुर खतिवडालाई बुधबार बिहान गजुर हस्तान्तरण गर्नुभयो ।स्थानीयको सहयोग र अग्रसरतामा कृष्णमन्दिर निर्माण थालिएको हो ।

स्थानीय अगुवाहरुको अग्रसरतामा थालिएको मन्दिर निर्माण कार्यका लागि मनहरी गाउँपालिकाको तर्फबाट २ लाख रुपियाँ लगानी भएको र अन्य सबै रकम स्थानीयले जुटाएका छन् । मन्दिर अहिले पनि निर्माणाधीन रहेको छ ।

आगामी कृष्णाष्टमीका दिन उद्घाटन गर्ने लक्ष्य राखिएको मन्दिर निर्माणका लागि समाजसेवी इन्द्रकुमार भोलनले कृष्णको मुर्ति र ऋषि बर्ताैलाले मन्दिरका लागि घण्टा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष खतिवडाले बताउनुभयो ।

समाजसेवी र अगुवाहरुको आग्रहमा आफूले गजुर हाल्न सहयोग गरेको समाजसेवी नारायण श्रेष्ठले बताउनुभयो । समितिले मन्दिरका थुप्रै काम गर्न बाँकी रहेकाले सहयोगको आह्वान समेत गरेको छ ।

गजुर हस्तान्तरण क्रममा पशुपति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रघुनाथ रुम्बा, अगुवा किसान गोविन्द अर्याल, व्यवसायी इन्द्रकुमार भोलन, ऋषि बर्तौला लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here