साउन असार ९ गते-मनहरी गाउँपालिका वडा नं ७ स्थित मनहरी बजारमा सामुदायिक पुस्तकालय स्थापना गरिएको छ । पुस्तकालयको उद्घाटन मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले एक समारोहका बीच गर्नु भएको छ ।

पुस्तकालय अभियान समूह मकवानपुरले ५० हजार रुपैयाँ बराबरको १ सय ४९ थान पुस्तक सहयोग गरेसँगै मनहरीमा पुस्तकालय स्थापना भएको हो ।

मनहरी सामुदायिक पुस्तकालयका अध्यक्ष ईन्द्रमणि स्याङ्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष उप्रेतीलेले पुस्तकालयका लागि ५० हजार रुपियाँ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले आफ्नो तर्फबाट कान्तिपुर दैनिक एक बर्षसम्म निःशुल्क प्रदान गर्ने घोषणा पनि गर्नुभयो ।

कार्यक्रममा ७ नं वडाध्यक्ष ठाकुरराम तितुङले पुस्तकालय स्थापनाको कार्य उदाहरणीय भएको उल्लेख गर्नुहुँदै व्यक्तिगत र वडा कार्यालयको तर्फबाट सहयोग प्रतिबद्धता जनाउँदै नगद ५ हजार रुपैयाँ सहयोग गर्नु भएको थियो । मनहरी सामुदायिक पुस्तकालयलाई सामुदायिक विकास संस्था नेपालले पनि १० हजार रुपैयाँ बराबरको पुस्तक तथा १० थान कुर्सी सहयोग गरेको छ ।

पुस्तकालयका लागि पुस्तकालय अभियान समूहका सदस्य किरण अधिकारीले एउटा अंग्रेजी दैनिक पत्रिका एक बर्षका लागि सहयोग गर्ने बताउनुभएको छ । यस्तै रोटरी माविका प्रधानाध्यापक गोविन्दप्रसाद पौडेलले पनि एक बर्षका लागि गोरखापत्र दैनिक उपलब्ध गराउने बताउनुभएको छ । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ, संस्थाका प्रतिनिधि, व्यवसायी, युवा, किशोरकिशोरीको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here