चितवनको भरतपुरस्थित पुरानो मेडिकल परिसरमा बिरामीसहित चिन्तित उनको परिवार ।

कैलाश–साउन ६ गते । गाउँमा सामान्य जीवन बिताउँदै आइरहेका कृष्णलाई कोभिड १९ नियन्त्रणका लागि गरिएको निषेधाज्ञाले उकुसमुकुस बनाएरै छाड्यो । मकवानपुरको कैलाश गाउँपालिका ७ कोथलीटारका कृष्ण श्रीमती, ५ बर्षकी छोरी र साँढे ३ बर्षका छोरासहित घरबाट निस्कनुभयो । उहाँको लक्ष्य थियो– ज्यालामदजुरी गर्ने र केही पैसा कमाएर फेरि गाउँ फर्कने ।

सोचे अनुसारै हुँदै थियो । दिनभरि घर निर्माणसम्बद्ध मजदुरको रुपमा काम गर्ने, साँझपख डेरामा फर्केर परिवारका साथ रमाउने । यस्तै गरी दैनिकी पूरा हुँदै थियो कृष्णको । अब नगद १०/१२ हजार रुपियाँ कमाइसकेपछि डेरा छाडेर पुनः कोथलीटार फर्कने योजना बन्दै थियो ।

त्यत्तिकैमा एक साँझको घटनाले कृष्णलाई डेरामा होइन, अस्पतालको आइसीयु कक्षको बेडमा बेहोसीमै पु¥यायो । साँझपख तरकारी किन्न बसामाडीस्थित मुल सकड छेउको दोकानतिर हान्निएका उहाँलाई अकस्मात मोटरसाइकलले ठक्कर दियो । टाउको फुटेर गम्भीर घाइते हुनु भएका कृष्णलाई तत्कालै चुरेहिल अस्पताल पठाइयो । तर, चुरेहिलले पनि रिफर गरेर चितवनको पुरानो मेडिकल कलेज पठायो । लगातार १५ दिनसम्म आइसीयु कक्षमा राखे कृष्णको उपचार भयो ।

१५ औँ दिनसम्म आइसीयु कक्षमा गरिएको उपचारपछि कृष्ण बिस्तारै बोल्न सक्नु हुनु भएको छ । तर पनि यो अबधिसम्म कृष्णलाई ठक्कर दिने मोटरसाइकलवाला अस्पताल देखा परेनन् । न त उपचार खर्च नै ब्यहोर्ने स्थिति बन्यो । साउनको ६ गते बिहान डाक्टरले माग गरेको औषधी पुरानो मेडिकल कलेजको फार्मेसीमा पुग्नु भएकी कृष्णकी श्रीमती रश्मितालाई फार्मेसीले जबाफ दियो–“तपाईको बिरामीको चार लाख रुपियाँभन्दा बढी तिर्नुपर्ने भइसकेको रहेछ, आजबाट औषधी रोक्नु भनेर निर्देशन आएको छ ।”

फार्मेसी सञ्चालकको यस्तो प्रतिक्रियापछि रश्मिता बिक्षिप्त हुनुभयो । श्रीमानको उपचार अन्यौल बनेको र जटिलता थपिँदै गएको रश्मिताले बताउनुभयो । घाइते बनाउने मोटरसाइक पक्षधर आएर उपचारको लागि सहजीकरण र व्यवस्थापन गरिदेलान् भन्ने ठूलो आशा थियो चेपाङ परिवारको । तर, त्यो सम्भव भएन ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले मोटरसाइकल ठक्कर दिएर फरार रहेका हेटौँडाका सञ्जय लामालाई मंगलबार साँझ मात्रै पक्राउ ग¥यो । तर, पक्राउ परेका सञ्जयले पैसा तिर्न सक्ने हैसियत राख्दैनन् । प्रहरी नायब उपरिक्षक जयइश्वर रिमालले लामालाई पक्राउ गरेर मुद्दा चलाइएको बताउनुभयो । तर, त्यो कानूनी कारबाही मात्र हो । पीडक पक्षले पूरा गर्नुपर्ने उपचारको कर्तब्य पूरा गरिएको छैन । “पैसा खोजेर अस्पतालमा बिरामी उपचार गर्ने वातावरण निर्माणका सहजीकरण ग¥यौँ, तर उसले पैसा जम्मा गर्न नसकेपछि पक्राउ गरेर कानूनी उपचार खोजेका छौँ ।”, रिमालले भन्नुभयो । आर्थिक समस्याबाट गुज्रेका सञ्जयले रकम जुटाउन नसक्दा कृष्णको उपचार अन्यौल बन्दै गएको हो ।
कृष्णकी श्रीमती रश्मिताले दुःख सुनाउनुभयो–“१०/१२ हजार पैसा कमाएर घर फर्कने योजनामा थियौँ, अकस्मात यस्तो घटना भयो । अब कसरी उपचार गर्ने हो, के हुने हो ?”

बिरामीलाई बचाउनका लागि उपचार पहिलो प्राथमिकता हो । तर, पीडक पनि गरिव र बिपन्न परिवारका भएकाले उपचार खर्च दिन सक्ने अबस्थाका छैनन् । यद्यपि, उनीबिरुद्ध मुद्दा चलिसकेकाले अदालतले उपचार खर्च पक्कै पनि उपलब्ध गराउन आदेश जारी गर्ने नै छ । तर, तत्कालका लागि ज्यान जोगाउन उपचार खर्च अभाव छ ।

यस्तो जटिल अबस्थामा कतै भनसुन गरेर भए पनि उपचारको व्यवस्था मिलाउन प्रयत्न भइरहेको कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान बताउनुहुन्छ । “कानूनी कारबाही त हुँदै गर्ला तर अहिले कृष्णको ज्यान बचाउनका लागि उपचार सुचारु गराउन विभिन्न ढंगले पहल गरिरहेका छौँ”, मुक्तानले भन्नुभयो । यसअघि जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहजीकरणमा कृष्णको उपचार भइरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here