मकवानपुरको उत्तरपश्चिम क्षेत्रमा पर्ने कैलाश गाउँपालिकाले असार १० गते नै गाउँसभा सुरु गरी नयाँ बजेट पारित गरेको र वन सम्बन्धी विधेयक मात्रै पारित गर्न बाँकी रहेको जनाएको छ । गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले गलत नियतका साथ केही मिडियाहरुमा कैलाश गाउँपालिकाको बजेट निर्माणका सम्बन्धमा आएका समाचारहरु हाँस्यास्पद रहेको बताउनु भएको छ । उहाँले स्थानीय सरकार सञ्चालन ऐन, गाउँसभा सञ्चालन कार्यविधिमा टेकेर कार्यपालिका बैठकले पारित गरेको नीति तथा कार्यक्रम, बिनियोजन विधेयक, आर्थिक बिधेयक पारित गरेको र प्रमाणिकरण भएको बताउनुभयो । प्रस्तुत छ उहाँसँगको संक्षिप्त कुराकानी ।

मनोमानी ढंगले बजेट निर्माण भएको र गाउँसभामा पेस भएको भन्ने आरोप तपाईमाथि वडाध्यक्षहरुले लगाएका छन्, के भन्नुहुन्छ ?
–कसले के आरोप लगाउँछन् म जान्दिन । तर, विधि, पद्धति र प्रक्रिया अनुसार गाउँसभामा नीति तथा कार्यक्रम, बिनियोजन विधेयक, आर्थिक बिधेयक असार १० गते उपाध्यक्षज्यूले प्रस्तुत गर्नु भएको हो । प्रस्तुत भएका कार्यक्रम तथा विधेयकहरुमा दफावार छलफल गरी त्यही दिन टुंग्याइएको हो । गाउँसभामा सबै सभासद्हरुले गर्नु भएको छ । उनीहरु सबैजना उपस्थित भएर ताली बजाएरै पारित गरिएको हो । बजेट, नीति तथा कार्यक्रमहरु गाउँसभामा प्रस्तुत हुनुअघि कार्यपालिकाले असार ८ गते पारित गरी गाउँसभामा लैजाने सिफारिस गरेको हो । त्यसअघि जेठ २७ गते कार्यपालिकाको बैठक बसेर सर्बसम्मत रुपमा असार ५ गतेभित्र सबै वडाका योजनाहरु पेश गर्नका लागि सर्बसम्मत रुपमा निर्णय भएको थियो । तर ५ गतेभित्र केही वडाले बजेटको सूचि दिएन । ढिला गरी योजनाको सूचि आयो र ८ गते कार्यपालिका बैठक बसरी गाउँसभामा सिफारिस ग¥यौँ । पछि पो थाहा भयो, योजना ढिला आउनको कारण त । नेकपा एमालेका केही ब्यक्तिहरुले गाउँपालिकामा योजना पेश नगर्न वडाध्यक्षहरुलाई दवाब दिएका रहेछन । तिनै ब्यक्तिहरुद्वारा अन्तिमसम्म वडाध्यक्षहरुलाई उचाल्ने काम भईरह्यो । अन्तमा २७ गतेको कार्यपालिका बैठक बहिस्कार गर्नेमा तिनै ब्यक्तिहरुको मुख्य भुमिका देखियो । बैठक बहिस्कार गराएर प्रक्रिया अघि नबढेपछि अबिरल बर्षाको कारण गाउँका बाटो अबरुद्ध भएर जनता गाउमै थुनिएर बसिरहँदा समेत बाटो सुचारु गर्ने निर्णय गर्न अफ्ठ्यारो प¥यो भने वडाका कयौँ योजनाहरुको भुक्तानी प्रकृया अबरुद्ध भयो । वडा नं ९ स्थित कालिका माध्यमिक विद्यालयमा बजेट अभावका कारण शिक्षकहरुको तलब भुक्तानी नपाएको समस्या पनि बैठक बहिस्कार भएपछि समाधान हुन सकेन । भएको सत्य र आधिकारिक कुरा यही हो । अरुले बाहिर गएर कसले के भन्छ, के गर्छ म मतलब गर्दिन ।

अध्यक्षले हेटौँडामा बसेर मनोमानी बजेट बनाए भन्छन् त ?
मैले भनिसकेँ जेठ २७ को कार्यपालिका बैठकले सर्बसम्मत रुपमा असार ५ गतेभित्र आफ्ना वडाका योजनाको सूचि पेस गर्ने निर्णय ग¥यो । सोही बमोजिम केहीले ढिला गरी योजनाको सूचि पेस गरे । त्यही सूचि बमोजिम बजेट निर्माण हुने हो । नीति तथा कार्यक्रमलाई आधार मानी वडाबाट प्राप्त योजनाहरुलाई गाउँसभामा पारित गरिएको हो । हामीसँग त्यो सूचि कार्यालयमा सुरक्षित छ । र, अहिले पारित योजनाको सूचि पनि सार्बजनिक गरिसकेका छौँ । हाम्रो वेवसाइटमा कुन वडामा कहाँ के कति बजेट बिनियोजन भयो भन्ने किताब नै राखेका छौँ । जोकोहीले हेर्न सक्नुहुन्छ ।

–अनि असार २७ गते कार्यपालिका बैठक बहिस्कार भनेर ८ जनाले हस्ताक्षर गरेर मिडिया बाजी गरेका थिए, त्यो चाहिँ के हो ?
असार १० गते सुरु भएको गाउँसभाबाट वन तथा वातावरण विधेयक पारित हुन बाँकी थियो । त्यसलाई छलफलका लागि पेस गरिएको थियो । त्यसका अलावा वडाध्यक्ष वा कार्यपालिका सदस्यहरुले भनेजस्तै केही योजनाहरुको शुद्धाशुद्धि, सम्पादन लगायतका बिषयहरु बाँकी थिए । ती सबै कुरालाई समेटेर २८ गते गाउँसभा समापन गर्ने र त्यसअघि २७ गते कार्यपालिका बैठक बस्ने सल्लाह भयो । यो बीचमा अबिरल बर्षा भयो । हामी हेटौँडाबाट चुनियाँको बाटो हुँदै सबैजना वडाध्यक्षहरुसहित बाटो निर्माण गर्दै, पहिरो हटाउँदै कार्यालय ढिलागरी कार्यपालिका कार्यालय पुग्यौँ । स्वाभाविक रुपमा एकदिनमा कैलाश गाउँपालिकाको कार्यपालिका बैठक सम्पन्न हुन सक्दैन । भूगोलका हिसावले टाढा टाढाबाट आउनुपर्ने कार्यपालिका सदस्यहरु बास नबसी हुँदैन । त्यसैले २७ गतेको कार्यपालिका बैठक बाटो बिग्रेर ढिलो पुगेकाले र अन्य आन्तरिक तयारी कम भएकाले समयमै सुरु हुन सकेन । समयमै सुरु नभएपनि आखिर बास बस्नु त पर्छ नै भोलिको लागि । भोलिपल्ट बिहानै कार्यपालिका बैठक सकाएर त्यसपछि गाउँसभामा जान पनि सकिन्थ्यो । वडाध्यक्ष ज्यूहरुलाई नेकपा एमाले पार्टीकै केही अमूक मान्छेहरुले कान फुकेछन्, नेगेटिभ कुरा सिकाएछन् । त्यही बहकाउमा उहाँहरु लाग्नुभयो र कार्यपालिका बैठक बहिस्कार गरेको चिठी प्रमुख प्रशासकीय अधिकृतलाई थमाएर हिँड्नु भएछ ।

–अनि उहाँहरुले कार्यपालिका बैठक बहिस्कार गर्दा गाउँसभा प्रभावित भएन त ?
मैले अघि नै भने गाउँसभामा जम्मा वन र वातावरण विधेयक मात्रै पारित हुन बाँकी थियो । अरु सबै १० गते नै पारित भइसकेको थियो । अब उहाँहरुले बैठकै बहिस्कार गरेपछि वन तथा वातावरण विधेयक पारित हुन सक्ने अबस्था रहेन । उहाँहरु बहकाउमा लागेर बाहिर बाहिर अरु नै गतिविधि गर्दै हिँड्ने भएपछि कार्यालयको तर्फबाटै योजनाहरुको सम्पादन, शुद्धाशुद्धि लगायत कामहरु सकाएर गाउँसभा पनि समापन भएको घोषणा ग¥यौँ ।

–कार्यपालिका बैठक नबस्दाका असरहरु परे कि परेनन् ?
किन नपर्नु ? कतिपय महत्वपूर्ण कुराहरु कार्यपालिकाले निर्णय गर्नुपर्ने थिए । भुक्तानीका कामहरु थिए । अबिरल बर्षाले सबै गाउँका बाटाहरु भत्केका थिए, गाउँलेहरु गाउँमै थुनिएका थिए । त्यसको सहजीकरण नीतिगत निर्णय गराएर गर्नुपर्ने थियो । त्यस्तै केही क्रमागत योजनाका कुराहरु थिए । काम गरेका भुक्तानीहरु लिनुपर्ने केही कामहरु बाँकी नै थियो । यस्ता समस्याहरुको समाधान गर्नका लागि वडाध्यक्षज्यूहरु गम्भीर भएर धैर्य गरिदिनु भएको भए हुने थियो, तर कसै कसैको बहकाउमा परेर बैठक छाड्नुभयो । वडाध्यक्षहरुलाई बैठक बस्न नदिएर भड्काउनेहरुले के पाए कुन्नि ? तर गाउँलेहरुले दुःख पाएका छन् । हामी कार्यालयको तर्फबाट सहजीकरण गर्दैछौँ ।

–अब कहिले बस्छ कार्यपालिका बैठक ?
आवश्यकता अनुसार बस्छ । कुनै हतार छैन । गाउँसभाले पारित गरेका योजनाहरु अब कार्यान्वयनमा जाने बेला कार्यपालिका बैठक बस्छ ।

–कैलाश गाउँपालिकामा वडाध्यक्ष र तपाईबीच किन यस्तै विवाद भइरहन्छ ?
खोइ मलाई थाहा छैन । म जनताको काम निस्वार्थ हुनुपर्छ भनेर निजी जीवनलाई नै बिर्सेर काम गरिरहेको छु । बैठकमा कोही पनि कार्यपालिका सदस्य तथा गाउँसभाका सदस्यहरुले नीतिगत कुरा उठाउँदैनन् । बाहिर बाहिर अनेक कुरा गर्छन् भने मलाई केही भन्नु छैन । मेरा पनि कमी कमजोरी छन् भने बैठकमा उठाउँदा हुन्छ । आलोचनाले मान्छे परिपक्क बन्ने हो । म आलोचना सुन्न सँधै तयार छु । तर, आलोचनाको नाउँमा इगो बोकेर आउँछन् भने भन्नु केही छैन ।

–उसो भए गाउँसभाका बारेमा वडाध्यक्षहरुले गरेको टिप्पणीको कुनै अर्थ छैन ?
छैन । उहाँहरु आफै हस्ताक्षर गरेर गाउँसभामा ताली बजाएर बजेट पास गर्ने । अनि अरु अरु कुरा गर्दै हिँड्ने ? उहाँहरुले हस्ताक्षर गर्नु भएको छ, गाउँसभाको फोटो, भिडियो सबै छ । उहाँहरुले यो कुरा बुझ्नुपथ्र्यो कि, यो हाम्रो कार्यकालको अन्तिम बर्ष पनि हो, त्यसैले सबैले देखिने काम गरौँ । भौतिक पूर्वाधारतर्फ ७० प्रतिशत बजेट बिनियोजन गरी कार्यान्वयनमा हामी लम्किँदैछौँ । यो संवेदनशील बर्षमा उहाँहरु कसैको बहकाउमा लागेर हुँदैन ।

कैलाश गाउँपालिकाको पारित सबै योजना र बजेटहरु हेर्न यो लिंकमा क्लिक गर्नुहोस् ।https://kailashmun.gov.np/sites/kailashmun.gov.np/files/%E0%A4%86%E0%A4%A0%E0%A5%8C%E0%A4%82%20%E0%A4%97%E0%A4%BE%E0%A4%89%E0%A4%81%E0%A4%B8%E0%A4%AD%E0%A4%BE%20%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%AE-%E0%A5%A6%E0%A5%A9-%E0%A5%A7%E0%A5%A6.pdf

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here