हेटौँडा–असार ३० गते । मकवानपुरमा मानव अधिकार तथा मानव बेचबिखन बिरुद्ध क्रियाशील गैरसरकारी संस्थाहरुको समन्वयमा हेटौँडा १० बसपार्कमा कोभिड हेल्पडेस्क सञ्चालन गरी सचेतना अभियानलाई तिब्रता दिइएको छ ।
जिल्ला कोभिड संकट ब्यबस्थापन समितिको निर्णय बमोजिम मानव अधिकार तथा मानव बेचबिखन बिरुद्धको सञ्जालको अगुवाईमा हेल्प डेस्क सुरु गरिएको सञ्जालले जनाएको छ । सञ्जालकी उपाध्यक्ष माया लामाको सभाध्यक्षतामा हेल्प डेस्कको सेवा सुचारु गरिएको हो ।
कार्यक्रममा बाल कल्याण समाज मकवानपुरका अध्यक्ष प्रकाश खतिवडा, सिविन नेपालका कार्यक्रम संयोजक झबिन्द्र ज्ञवाली, हिमराईट्सकी कुमारी वाईबा, लगायतले कोभिड १९ नियन्त्रणका लागि गैरसरकारी संस्थाहरुले पनि उत्तिकै जिम्मेवार भएर सरकारलाई साथ दिइरहेको बताउनु भएको थियो ।
कार्यक्रममा कमल फुयाल , चिरन्जिबी पौडेल, कल्पना बिश्वकर्मा, उर्मिला कार्की, निशा लामा, जगन्नाथ सुबेदी, बुद्वबिर लामा, डिगम्बर रुपाचा, निगम श्रेष्ठ, ममता श्रेष्ठ प्राची खतिवडा, महेश पाण्डे, गणेश हुमागाइ, सम्झना अधिकारी, मिलन न्यौपाने, सानु लामा घलान, सुरक्षा तथा स्वास्थ्यकर्मीहरुको सहभागिता थियो ।
कोभिड हेल्प डेस्कले अनिबार्य रुपमा मास्क लगाउने, नियमित हात धुने र भौतिक दुरी कायम गर्ने कुरालाई बसपार्क क्षेत्रबाट आम सर्बसाधारणका लागि सचेतनामुलक सन्देशसहित सहजीकरण गर्नेछ । यो अभियान असार २९ गतेबाट सुरु भएर साउन ५ गते सम्म चल्नेछ । सञ्जालमा आबद्ध संस्थाहरुले एक हप्ता पालैपालो हेल्प डेस्क सञ्चालनको कार्ययोजना निर्माण गरी सेवा सुरु गरिएको नारी सीप सृजना केन्द्रका प्रवन्ध निर्देशक चिरन्जिवी पौडेलले जानकारी दिनुभयो ।
पहिलो दिन सञ्जालमा आबद्ध संस्थाहरु बाल कल्याण समाज मकवानपुर, एस्थर बेन्जामिन स्मृति संस्था, सिबिन नेपाल, सेलर्ड, टाईन एन्ड हेन्स साना हातहरु र नेपाल परिवर नियोजन संघका प्रतिनिधीहरुले मास्क अभियान संचालन गर्नु भएको थियो ।
राष्टिय बाल अधिकार परिषदबाट गठित कोभिड संकट बाल संरक्षण स्वयंसेवी सहायता समूहको प्रतिनिधि प्रकाश खतिवडा, चिरन्जिवी पौडेल र कुमारि वाइबा बाट बालबालिकालाई कोभिड संक्रमण न्यूनिकरणका लागि अभिभाबकहरुलाई सचेतीकरण समेत गरिएको थियो । हेल्प डेस्कमार्फत पहिलो दिन ६ सय जनालाई मास्क बितरण गरिइएको र १ हजार ४ सय जनालाई सचेतिकरण गरिएको थियो ।
कार्यक्रमको समापन गर्दै सञ्जालकी उपाध्यक्ष माया लामाले संघसंस्थाहरुले कोभिड १९ न्यूनिकरणका लागि देखाएको सहयोग र सदासयताका लागि धन्यवाद ब्यक्त गर्नुभयो ।