सामुदायिक वन उपभोक्ता महासंघद्वारा मनहरीमा बाख्रा बितरण कार्यक्रम ।

मनहरी–असार २६ गते । मनहरी गाउँपालिकामा सामुदायिक वनमा आश्रित रहँदै आएका ४ परिवारलाई सामुदायिक वन उपभोक्ता महासंघले बाख्रा बितरण गरेको छ ।

मनहरी गाउँपालिका वडा नं ७, ८ र ९ नं वडाका महिला उपभोक्ता सदस्यको जीविकोपार्जनलाई सहज बनाउन बाख्रा बितरण गरिएको महासंघले जनाएको छ । प्रतिपरिवार एउटा माउ र अन्य २ वटा पाठीहरु बितरण गरिएको महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईले बताउनुभयो ।

मनहरी ९ मा आयोजित बाख्रा बितरण कार्यक्रममा महासंघका हेटौँडा उपमहानगरपालिका अध्यक्ष शम्भु न्यौपाने, महासंघ मनहरीका अध्यक्ष हेमलाल उप्रेती, महासंघका कर्मचारीहरु अन्जली थापा, स्थानीय परियोजना संयोजक बर्षा लामा लगायतको सहभागिता रहेको थियो । त्यस बखत अर्का एकजना महिलालाई लोकल कुखुरापालनका लागि सहयोग गर्न लागिएको जानकारी दिइएको थियो ।

कोभिड १९ का कारण दैनिकीमै कष्ट हुन थालेपछि सामुदायिक वन क्षेत्र घर नजिक रहेका बिपन्न परिवारलाई महासंघले बाख्रा बितरण गरेको सामुदायिक वन उपभोक्ता महासंघ मनहरीका अध्यक्ष हेमलाल उप्रेतीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here