मनहरी–असार २६ गते । सिफारिस नै नभएका मान्छेले क्रियाशील सदस्यता पाएपछि मकवानपुर काँग्रेसमा विवाद सुरु भएको छ ।

१४ औँ महाधिबेसन नजिकिँदै सदस्यता विवाद बढ्दै गएको हो । नेपाली काँग्रेस र बिजय गच्छदार नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबीच समायोजन गरिएको थियो ।

सो क्रममा फोरम मकवानपुरबाट समायोजन प्रक्रियामा कोही पनि सहभागी नभएको फोरम लोकतान्त्रिकले जनाएको छ । तर, अहिले नेपाली काँग्रेसको नयाँ क्रियाशील सदस्यमा सिफारिसै नगरिएका २१ जना मानिसहरुको नाम सार्बजनिक भएको भन्दै फोरम लोकतान्त्रिकका अध्यक्ष हरिकृष्ण मैनालीले आपत्ति जनाउनु भएको छ ।

मैनालीले बिज्ञप्ती प्रकाशन गरी समायोजन प्रक्रियामा मकवानपुरबाट कोही पनि सहभागी नभएको उल्लेख गर्दै फोरमको तर्फबाट सिफारिस नभएका मानिसहरुको नाम सार्बजनिक हुनु आपत्तिजनक रहेको जनाउनु भएको छ ।

फोरम लोकतान्त्रिको बिरोध ।

उहाँले फोरम लोकतान्त्रिकको सिफारिसमा नयाँ सदस्यता प्राप्त गरेका २१ जना मानिसहरु आफ्नो पार्टीमा नरहेको उल्लेख गर्नु भएको छ ।
नेपाली काँग्रेस केन्द्रीय कार्यालयले प्रमाणि गरी पठाएको पत्रमा फोरम लोकतान्त्रिक मकवानपुरबाट समायोजन भएको भन्दै सुनिल अधिकारी, प्रकाश बर्ताैला, छबिलाल बम्जन, मिठाराम दाहाल, युवराज लामा, निरप्रसाद नेपाल, सुदीप नेपाल, चेतकुमारी न्यौपाने रहनु भएको छ ।

त्यसैगरी अन्जना उपाध्याय, सीता नेपाल, पुष्पाकुमारी भट्ट, रामचन्द्र नेपाल, मौसम भट्टराई, मेनुका अर्याल, सम्झना गौतम, जानकी गिरी, पदमप्रसाद न्यौपाने, मिलन पुडासैनी, प्रमिला खतिवडा, बन्दना नेपाल र प्रकाशमणि नेपालको नाम क्रियाशील सदस्यको रुपमा सार्बजनिक गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here