राक्सिराङ-राक्सिराङ गाउँपालिको चालू आर्थिक बर्ष २०७७/०७८ का लागि २ करोड, संघीय सांसद बिरोध खतिवडाको पहलमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाको निर्णयमा ससर्त अनुदानमा २ करोड र सांसदले सिफारिस गर्ने बजेटहरु समेत थपेर परेवाभीर खण्डमा बाटो निर्माण थालिएको हो । परेवाभीर खण्डमा पर्खाल निर्माण गरी बाटो निर्माण गर्ने, घुमाउने भीरको ढुंगा कटिङ गरी ट्रयाक बनाउने लगायत ६३० मिटर लामो बाटो बनाउने कामका लागि कूल ६ करोड ६१ लाख ६९ हजार रुपियाँ लाग्ने बिस्तृत परियोजना प्रतिवेदन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here