राक्सिराङ–असार १० गते । राक्सिराङ गाउँपालिकाले गाउँसभा सुरु भएको पहिलो दिनमै नीति तथा कार्यक्रम र सम्पूर्ण बजेटहरु पारित गरी गाउँसभा समापन गरेको छ ।

गाउँपालिकाको सभाहलमा आयोजित १० औँ गाउँसभामा उपाध्यक्ष निर्मला हिमडुङको तर्फबाट प्रस्तुत नीति कार्यक्रम तथा अनुमानित आयव्ययसहितको बजेट पारित गरिएको हो ।

सभाको सभाध्यक्षको भूमिकामा रहनु भएका गाउँपालिका अध्यक्ष राजकुमार मल्लले उपाध्यक्ष हिमडुङको तर्फबाट पेस भएको नीति तथा कार्यक्रम, अनुमानित आय व्यय (बजेट) तथा बिनियोजन बिधेयकबारे मत संकलन गर्नु भएको थियो । उपाध्यक्षले प्रस्तुत गर्नु भएको आय व्यय (बजेट) को समर्थन कार्यपालिका सदस्य एबम् ६ नं वडाध्यक्ष सिंगलाल चेपाङले गर्नु भएको थियो ।

मत बिभाजनका क्रममा बजेटका बिपक्षमा अर्थान ‘हुँदैन’ भन्ने पक्षमा कोही पनि सभासदहरुको आवाज नसुनिएको भन्दै गाउँपालिका अध्यक्ष मल्लले बजेट पारित भएको घोषणा गर्नु भएको थियो ।

बाढीपहिरो र प्राकृतिक प्रकोपका कारण सभासदहरुलाई टाढाबाट आउन जान समस्या हुने भएकाले एकै दिनमा गाउँसभा सक्ने गरी गृहकार्य गरिएको हो । अध्यक्ष मल्लले सबैको सहमतिबाट नै बजेट पारित गरिएको बताउनुभयो ।

बजेटमा राक्सिराङ गाउँपालिकाले नयाँ कार्यक्रमहरु थप गरेको छ । जस अनुसार एचआइभी संक्रमण भएर गाउँघरमा पुनस्र्थापना हुन नसकेका मानिसहरुलाई प्रतिमहिना १ हजारका दरले भत्ता दिने कार्यक्रम बजेटमा व्यवस्था भएको उहाँले बताउनुभयो । त्यसैगरी अब आउने हिउँददेखि परेवाभीरको बाटो हुँदै मनहरीबाट मलेखुको ट्रयाक खुल्ने उहाँले बताउनुभयो । यो बर्ष पनि परेवाभीर खण्डमा ‘फिलिङ’ का लागि बजेट व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

अस्पताल सञ्चालन, सूर्याेदय माविमा बाली विज्ञान कक्षा सञ्चालन, युवालाई उद्यमशील बनाउनका लागि विभिन्न कार्यक्रमहरुको व्यवस्था गरिएको अध्यक्ष मल्लले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here