कैलाश–असार १० गते । कैलाश गाउँपालिकाले बिहिबार सम्पन्न आठौ गाउँसभाबाट नीति तथा कार्यक्रम पारित गरेको छ ।

गाउँपालिका उपाध्यक्ष सुकुमाया थिङले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रमसहित, आर्थिक ऐन, बिनियोजन बिधेयक पारित भएको हो ।
कैलाश गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि ४५ करोड ९६ लाख ८ सय ४३ हजार रुपियाँको बजेट निर्माण गर्नका लागि नीतिगत प्रक्रिया पूरा गरेको छ ।

जसमध्ये पुँजीगत २० करोड ५१ लाख २६ हजार ८४३ रुपियाँ र चालूतर्फ २५ करोड ४४ लाख ७४ हजार रुपियाँ रहेको गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले जानकारी गराउनुभयो ।

गाउँपालिका अध्यक्ष मुक्तानका अनुसार आगामी आर्थिक बर्षका लागि बिनियोजित रकममध्ये ७० प्रतिशत रकम भौतिक पूर्वाधार विकासमा खर्च गरिनेछ । जस अनुसार १० करोड ३० लाख रकम भौतिक पूर्वाधार निर्माण तर्फ खर्च हुने अनुमान छ ।

भौतिक पूर्वाधारका क्रमागत योजनाहरु, सडक निर्माण, अधूरा विद्यालय भवन निर्माण, निर्माणाधीन प्रशासकीय भवन, विद्युतीकरण लगायतका शीर्षकहरुमा बजेट बिनियोजन हुनेछ । सभामा स्थानीय वन विधेयक पनि छलफलका लागि पेस भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here