मनहरी–असार १ गते । नारायणी यातयात व्यवसायी कम्पनी प्रालिले मनहरी गाउँपालिका वडा नम्बर ६ पोलाघारीका विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

कम्पनीले वडा नम्बर ६ का २६ घरपरिवारलाई प्रति परिवार १ बोरा चामल, २ पोका मस्यौरा, २ पाकेट नुन र १ लिटर तेल वितरण गरेको हो ।
निषेधाज्ञाका कारण दैनिक काम काज ठप्प भएपछि दैनिक खान समेत धौधौ भएको खबर प्राप्त भएपछि राहत सामग्री प्रदान गरिएको कम्पनीका अध्यक्ष गोकर्णप्रसाद पराजुलीले बताउनुभयो ।

मनहरीमा आयोजित राहत वितरण कार्यक्रममा नारायणी यातायात व्यवसायी कम्पनी प्रालिका अध्यक्ष गोकर्णप्रसाद पराजुली, माधव अधिकारी, खेम काफ्ले लगायत सञ्चालक समितिका सदस्यहरु, उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका अध्यक्ष नारायण सुवेदी लगायतको सहभागिता रहेको थियो । कम्पनीले यसअघि पनि विभिन्न सामाजिक कामहरु गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here