मनहरी–जेठ ३० गते । मनहरी गाउँपालिकामा संघीय सरकारको उर्जा, सिंचाई र जलस्रोत मन्त्रालय अन्तर्गत बिनियोजित ५ वटा लिफ्ट सिंचाई योजना कार्यान्वयन प्रक्रिया अघि बढेको छ ।

सिंचाई योजनाहरुको छनौट गर्दा अधिकाँश योजनाहरु साबिक हाँडीखोला गाविस तर्फका रहेका छन् । बिघटित प्रतिनिधि सभाका सांसद बिरोध खतिवडाको सिफारिसमा राष्ट्रिय योजना आयोगले लिफ्ट सिंचाईका योजनाहरु रातो किताबमा प्रकाशन गरी कार्यान्वयन प्रक्रिया अघि बढेको हो । जस अनुसार को रातो मनहरी गाउँपालिकाका ५ वटा र कैलाश गाउँपालिकाकोे एउटा लिफ्ट सिचाई योजना छन् ।

खतिवडाको पहल र सिफारिसमा छनौट भएका योजनाहरु ।

कार्यान्वयन प्रक्रियामा गएका लिफ्ट सिंचाईका योजनाहरुमा मनहरी गाउँपालिका ५ को डिल्लीपुर बसन्तपुर लिफ्ट सिंचाई योजना, मनहरी गाउँपालिका १ को तल्लो मकरी लिफ्ट सिंचाइ योजना, मनहरी ४ को पालुङ डाँडा गोतामे लिफ्ट सिंचाई योजना, मनहरी ३ को बृहद् नमूना कौगेडी सिंचाई योजना र मनहरी ६ को रुपाचुरी फरिबाङ लिफ्ट सिंचाई योजना रहेका छन् ।

त्यसैगरी कैलाश गाउँपालिका ७ को कोथलीटार बास्ताल लिफ्ट सिंचाई योजना रहेका छन् । यीमध्ये अधिकाँश योजनाहरु ठेक्का स्वीकृत कार्यान्वयन प्रक्रियामा अघि बढिरहेको खतिवडाले जानकारी दिनुभयो ।

शिलान्यास कार्यक्रम, मनहरी ३ ।

यसैबीच मनहरी ३ स्थित नमूना कौगेडी सिंचाई योजनाको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले शिलान्यास गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here