राक्सिराङ–जेठ २८ गते । हामीले चालू आर्थिक बर्ष २०७७/७८ मा गाउँसभाबाट स्वीकृत योजनाहरुको कार्यान्वयन के कसरी गर्ने भन्नेबारेमा वर्कप्लान बनाएर अघि बढेका थियौँ । सोही अनुसार सबै कामहरु र योजनाहरु सञ्चालन ग¥यौँ ।

मुलतः कम्तीमा चैत १५ भित्र सबै योजनाहरुको सम्झौता गरी आवश्यक कार्यान्वयन प्रक्रियामा जाने भन्ने हामीहरुको लक्ष्य थियो । सोही बमोजिम हामीले चैत १५ भित्र सबै योजनाहरुको सम्झौता सकायौँ ।

अहिले भौतिक पूर्वाधारतर्फ सबै योजनाहरु कार्यान्वयन भएको भन्दा पनि हुन्छ । करिब ३ सय योजनामध्ये अहिले ४० वटाजतिको मात्रै भुक्तानी दिन बाँकी छ । आर्थिक विकासतर्फका कार्यक्रमहरु पनि सम्पन्न भइसकेका छन् । मूल्यांकनका केही काम बाँकी भएकाले त्यसको फरफारक बाँकी छ । यी काम र योजनाहरुमा हामीलाई कोभिडले कुनै असर पारेन ।

हामीलाई कोभिडले असर पारेको भनेको सामाजिक विकास तर्फका कामहरु नै हुन् । सामाजिक विकासतर्फका कामहरु खासगरी तालिम, सचेतनामुलक गोष्ठी लगायतका क्रियाकलापहरुलाई हामीले अघि बढाउन सकेनौँ ।

राक्सिराङ गाउँपालिकाले चालू आर्थिक बर्षको बजेट कार्यान्वयन गरेर यतिखेर नयाँ आर्थिक बर्षको बजेट निर्माण थालनी गरेको छ । यसका लागि हामीले भर्चुअल माध्यमबाट सरोकारवाला, राजनीतिक दल, पत्रकार, व्यवसायी, संघसंस्था र नागरिक समाजसँग सुझाव लिने छौँ । तर, गाउँसभा चाहिँ स्थानीय सरकार सञ्चालन ऐनले बैकल्पिक व्यवस्था नगरिदिएका कारण भौतिक उपस्थितिमै असार १० गतेबाट सुरु गर्छौैं । हामीले आह्वान समेत गरिसकेको अबस्था छ ।

स्वाभाविक रुपमा राक्सिराङ गाउँपालिका मकवानपुरको कर्णाली भनेर चिनिन्छ । गाउँपालिकाभित्र बाटो नै प्रमुख समस्या र आवश्यकता हो । यही कुरालाई मध्यनजर गरी राक्सिराङ गाउँपालिकाले हरेक टोल टोलमा पुग्ने बाटोेको ट्रयाक बनाएको छ । अब त्यसको सुधार गर्नुपर्नेछ । तर, मानिसहरुले डाँडाकाँडा भत्कायो, उत्खनन् ग¥यो भनेर आरोप लगाउँछन् । त्यो आवश्यकता र बाध्यता दुबै हो । सडक सञ्जाल बिना विकास सम्भव नहुने भएकाले हामीले सडकलाई प्राथमिकता दिएकै हौँ ।

अब बन्न नयाँ आर्थिक बर्षको बजेटमा हामीले कोभिडबाट बच्ने बिषयलाई प्राथमिकतामा पार्छाैं । त्यसै गरी कोभिडका कारण गाउँपालिकाभित्रका बेरोजगार युवाहरुलाई परेको असरलाई मध्यनजर गरी स्वरोजगारमुखी क्रियाकलापलाई पनि समेट्छौँ । बिदेश वा अन्य सहरबाट रोजगारी गुमाएर फर्केका युवालाई गाउँमै टिक्ने वातावरण बनाउने गरी नयाँ बजेट निर्माण गर्छाैं । अध्यक्ष स्वरोजगार कार्यक्रम सञ्चालन गरी गत बर्ष नै यो कामको सुरुवात हामीले गरिसकेका छौँ ।


(रेडियो मनहरी एफएम र मनहरी लाइभ डटकमले राक्सिराङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यसँग गरिएको कुराकानीमा आधारित ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here