हस्तान्तरण कार्यक्रम ।

मनहरी–जेठ २७ गते । मनहरी गाउँपालिकाले व्यवस्थापन गरी सञ्चालन गरेको कोभिड अस्पताललाई स्वास्थ्य सेवा दिने उपकरणहरु प्रदान गरिएको छ ।

निको फाउन्डेसनका संस्थापकद्वय अंशु शर्मा (कार्की) र राजु कार्कीले अमेरिकाबाट ६ च्यानल भएको इसिजि मेसिन १ थान, इसिजि ट्रली १ थान, बाफ मेसिन २ थान र सामग्री बोक्ने ट्रली १ थान सहयोग गर्नु भएको हो ।

फाउण्डेसनले प्रदान गरेको उपकरण र सामग्रीहरु रोशन कार्की र दिपेश अर्यालले संयोजन गरी मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीलाई हस्तान्तरण गर्नु भएको हो । स्वास्थ्य सामग्री र उपकरणहरु बुझ्दै अध्यक्ष उप्रेतीले इसिजी मेसिनसहितका उपकरण र सामग्रीहरु पछि अस्पताल सञ्चालनका बेलासम्म काममा आउने बताउनुभयो ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष उप्रेती, मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र मनहरीका अध्यक्ष नारायण उप्रेती, बरिष्ठ उपसभापति गणेश मानन्धर, मनहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष भुवनकुमार जोशी, निको फाउन्डेसनका तर्फबाट रोशन कार्की र दिपेश अर्याल लगायतको उपस्थिति रहेको थियो ।

मनहरीमा कार्की परिवारले अन्य विभिन्न सामाजिक सेवाहरुमा समेत सहभागिता जनाउँदै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here