सांकेतिक तस्वीर ।

मनहरी–जेठ २६ गते । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले ६२ बर्ष देखि ६४ वर्षभित्रका व्यक्तिलाई खोप लगाउने क्रममा मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकामा गरी १०७ जनाले खोप लगाएका छन् ।

पहिलो चरणको भेरोसिल खोप लगाउने कार्य बुधबारदेखि सुरु भएको हो । खोप अभियानका क्रममा बुधबार मनहरी गाउँपालिकामा ३५ जनाले सेवा लिएको मनहरी गाउँपालिकाले जानकारी दिएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले मनहरीका लागि ५३६ खोप पठाएको थियो ।
त्यस्तै राक्सिराङ गाउँपालिकामा पनि पहिलो चरणको खोप लगाइएको छ ।

पहिलो दिन बुधबार ४८ जनाले सेवा लिएको राक्सिराङ गाउँपालिका स्वास्थ्य संयोजक विजय कुमार कापरीले बताउनुभयो । राक्सिराङमा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरबाट २०० डोज खोप आएको उहाँले बताउनुभयो ।

कैलाश गाउँपालिकामा पहिलो चरणको ६२ बर्ष देखि ६४ बर्षका २४ जनालाई खोप लगाइएको कैलाश गाउँपालिका स्वास्थ्य संयोजक श्याम सुन्दर महतोले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here