मनहरी–जेठ २२ गते । डिभिजन वन कार्यालय राप्ती मनहरी परिसरमा बिरुवा रोपेर विश्व वातावरण दिवस मनाइएको छ ।
कार्यालय परिसरमा मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, डिभिजनल वन कार्यालय राप्ती मनहरीका प्रमुख दीर्घनारायण कोइराला, सामुदायिक वन उपभोक्ता महासंघ मनहरीका अध्यक्ष हेमलाल उप्रेती, मनकामना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रबहादुर पौडेल, सिमपानी देवकोट संयुक्त सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नारायण उप्रेती, व्यवसायीहरु सागर उप्रेती, इन्द्रकुमार भोलन लगायतसहित कर्मचारीहरुको उपस्थितिमा बिरुवा रोपिएको हो ।
बिरुवा रोप्नुअघि अनौपचारिक कार्यक्रममा बोल्दै अध्यक्ष उप्रेतीले इकोसिस्टममा गडबड आउन नदिन सबैले भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले एक अर्काे प्रसंगमा दुःख र संघर्षले स्थापित गरेको डिभिजन वन कार्यालय राप्ती अन्यत्र सार्न खोजिए वा मर्ज गर्न खोजिए त्यसको शसक्त प्रतिबाद गरिने बताउनुभयो ।