मनहरी–जेठ २१ गते । निषेधाज्ञाको समयमा वन संरक्षण पनि चुनौति बनेको छ । पछिल्लो एकसातामा मनहरीस्थित दुईवटा सामुदायिक वन क्षेत्रबाट दुईजनालाई पक्राउ गरिएको छ । तर, पक्राउ गरिएका दुबैजनालाई परिवार र जनप्रतिनिधिको रोहबरमा छाडिएको छ ।

सब डिभिजन वन कार्यालय मनहरीका अनुसार मनहरी गाउँपालिका ७ ज्यामिरेस्थित ज्यामिरे कालिका सामुदायिक वन उपभोक्ता समूह क्षेत्रबाट काठ काटिरहेको अबस्थामा एकजना उपभोक्तालाई पक्राउ गरिएको थियो ।

पक्राउ परेका उपभोक्तालाई सामुदायिक वन उपभोक्ता समूह, जनप्रतिनिधिको रोहबरमा छाडिएको छ । त्यसैगरी सोही वडाकै घाटगद्दीबाट एकजना शंकास्पद युवालाई पक्राउ गरिएको जनाइएको छ । ती युवाले एक महिनाअघि घाटगद्दीबाट काठ लगेको बताए पनि मानसिक अबस्था ठीक नरहेकाले समूह र परिवारको जिम्मा लगाइएको बताइएको छ ।

सब डिभिजन वन कार्यालय मनहरीले नियमित गस्तीको कार्यलाई निरन्तरता दिएको छ भने वन समूहहरुलाई पनि सचेत पारिरहेको सहायक वन अधिकृत भरत भण्डारीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here