मनहरी–जेठ २० गते । गत बर्ष झैँ यस बर्ष कोरोना संक्रमणले गाउँसमाज थला पा¥यो । गत बर्ष भारत र काठमाडौँबाट मानिसहरु आफ्ना घरसम्म ल्याउन र त्यसअघि क्वारेन्टाइनमा बस्ने वातावरण गाउँपालिकाले बनाउनुप¥यो ।

तर, यसबर्ष क्वारेन्टाइन बनाएर साध्य लागेन । सीधै कोरोना जाँच र त्यसपछि पोजेटिभ देखिएमा स्वास्थ्यकर्मीको निगरानीमा घरमै आराम गर्ने व्यवस्था मिलाइयो । जटिल परिस्थिति भएका बिरामीहरुका लागि भने मनहरी ८ सिमपानीमा कोभिड अस्पताल निर्माण गरी सेवा सुचारु गरिएको छ ।

गत बर्ष होस् वा यो बर्ष मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्ट सँधैभरि गाउँसमाजमा संक्रमित र बिदेशबाट फर्केकाहरुको घरदैलोमै चहारिरहनुभयो । जनतालाई दुःख पर्दा उनीहरुसामु पुगेर सुख दुःखका गफ गर्दै एकापसमा भावनाको साँटासाँट गर्दा भावनात्मक सम्बन्ध कायम हुने र जनप्रतिनिधिप्रति संक्रमित परिवारको विश्वास तथा भरोसा बढ्ने गरेको उपाध्यक्ष बिष्टले बताउनुभयो ।

मनहरी लाइभ डटकम र रेडियो मनहरी एफएमसँग कुराकानी गर्दै उहाँले भन्नुभयो–‘दुःखका बेला जनताका घरदैलोमा पुग्दा उनीहरुमा निराशा घट्ने र भरोसा बढ्ने गरेको पायौँ ।’ उहाँले मनोवैज्ञानिक रुपमा परामर्शसहित स्वास्थ्यकर्मीको टोली बोकेर हरेक वडामा पुगी संक्रमितको अबस्था बुझ्न आफू घरदैलोकै क्रममा रहेको बताउनुभयो ।

गतवर्षको तुलनामा यो वर्ष कोभिड संक्रमण र मृत्युमा समेत वृद्धि भएकोमा उपाध्यक्ष मनिला बिष्टले चिन्ता व्यक्त गर्नुभएको छ । सब भन्दा ठूलो स्वास्थ्य नै भएकोले सबै गाउँपालिकाबासीमा सचेत रहन आग्रह गर्नुभएको छ । साथै उपाध्यक्ष बिष्टले केही व्यक्तिहरुको अटेरीपनले मनहरी गाउँपालिकामा कोभिडको संक्रमण भयाबह बनिरहेको पनि दाबी गर्नुभयो ।

घरदैलो अभियानमा उपाध्यक्षको सक्रियतामामा सिटामोल, सेनेटरी प्याड, जीवनजल, थर्मोमिटर लगायतका स्वास्थ्य सामग्रीहरु समेत प्रदान गरिएको छ । कोभिड संक्रमित भएपछि पुरुषमा भन्दा महिला बढी प्रताडित हुनेगरेको उहाँको अनुभव छ । ‘घरघरायसी काममा महिलाकोे भूमिका बढी हुनेगरेकाले महिलामा कोरोना संक्रमण हुँदा घरपरिवारको अबस्था झन् जटिल हुने गरेको छ’, उहाँले भन्नुभयो ।

होमआइसोलेसनमा बस्दै गर्दा सेनेटेरी प्याड खरिद, औषधी खरिद जस्ता क्रियाकलापहरु गर्न पनि गाह्रो हुने हुँदा पुरुषमा भन्दा महिलामा कोभिड संक्रमण हुँदा समस्या आउने जसले गर्दा साना दुधे बालकले दुध खान बाट बञ्चित हुनुपर्ने देखि लिएर खानेकुरा पकाउनेसम्म समस्या आउने उहाँले बताउनुभयो ।

निषेधाज्ञाको कारणले महिला हिंसा पनि बृद्धि भएको छ । हाल सबै जना घरमा बसिरहेको यो अवस्थामा खाद्यान्नको अभाव देखि लिएर आर्थिक अभावका कारण दैनिक आबश्यकताहरु पुरा गर्न नसक्दा घरायसी कुरामा मनमुटाब भई महिला हिंसाका घटनामा बृद्धि भएको उहाँले बताउनुभयो । निषेधाज्ञाका कारण न्यायिक समितिका कर्मचारीहरु कार्यालयमा उपस्थित हुन नसक्दा मौखिकरुपमा घटनाबारे जानकारी लिदैँ परामर्श गरिरहेको र कानुनी उपचार भने दिन नसकिएको उहाँले बताउनुभएको छ ।

कोभिड १९ संक्रमण कम गर्न गाउँपालिकाको तर्फबाट घरदैलो अभियान, सचेत रहन प्रत्येक वडाका टोल–टोलमा माइकिङ गर्ने, कोभिड अस्पताल निर्माण जस्ता कार्यहरु गरिएको उपाध्यक्ष विष्टले बताउनुभएको छ । त्यस्तै टोल विकास संस्थाहरु र महिला सहकारीहरुलाई पनि परिचालन गरिएको छ ।

निषेधाज्ञाका कारण गरिखाने बर्ग र किसान बर्ग समस्यामा परेका छन् । जसले गर्दा गरिखाने वर्गमा चुल्हो नबल्ने स्थिति आएको भन्ने गुनासो आएमा सम्बन्धित वडाका जनप्रतिनिधिहरुलाई समस्या पहिचानको लागि अनुगमन गर्न समेत भनिएको छ । यदि त्यस्ता व्यक्ति तथा परिवारहरुको पहिचान भएमा गाउँपालिकाको तर्फबाट खाद्यान्नको जोरजाम गर्न लागि पर्ने उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here