हस्तान्तरण कार्यक्रम ।

मनहरी–जेठ २० गते । तत्कालीन मनहरी गाउँ विकास समितिका पूर्वअध्यक्ष धनप्रसाद श्रेष्ठले मनहरी गाउँपालिकाले संचालन गरेको कोभिड अस्पतालका लागि कन्सन्ट्रेटर प्रदान गर्नु भएको छ ।

पूर्वअध्यक्ष श्रेष्ठसँगै मनहरी गाउँपालिका ६ निबासी प्रताप मुक्तानले समेत अर्काे एकथान कन्सन्ट्रेटर कोभिड अस्पतालका लागि प्रदान गर्नु भएको छ । उहाँहरुले उपलब्ध गराउनु भएको कन्सन्ट्रेटर मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति नारायण सुवेदी, बरिष्ठ उपाध्यक्ष गणेशमान मानन्धर, ७ नं वडाध्यक्ष ठाकुरराम तितुङको उपस्थितिमा गाउँपालिका अध्यक्ष एकराज उप्रेतीलाई हस्तान्तरण गरियो ।
कन्सन्ट्रेटर बुझ्दै अध्यक्ष उप्रेतीले सबैको सहयोगले कोभिडविरुद्ध लड्न सकिने प्रतिक्रिया दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here