सामग्री हस्तान्तरण हुँदै ।

मनहरी–जेठ १९ गते । सामुदायिक वन उपभोक्ता महासंघ स्थापना दिवसको अबसर पारेर मनहरीस्थित कोभिड अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

महासंघका प्रतिनिधिहरुले गाउँपालिका अध्यक्ष एकराज उप्रेतीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरित सामग्रीहरुमा नेबुलाइजर २ थान, थर्मल गन १ थान, अक्सिमिटर ३ थान, फेस शिल १५ थान, सेनिटाइजर १० लिटर, पञ्जा १०० थान र मास्क ७०० थान रहेको छ ।

सामुदायिक वन उपभोक्ता महासंघको स्थापना दिवसका अबसर पारेर कोभिड अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरिएको महासंघका स्थानीय परियोजना संयोजक बर्षा लामाले बताउनुभयो ।

सामग्री हस्तान्तरण कार्यक्रममा ८ नं वडाध्यक्ष दिलबहादुर स्याङ्तान, महासंघका बागमती प्रदेश समिति सचिवालय सदस्य रामहरि चौलागाई, जिल्ला अध्यक्ष साधुराम चौलागाई, हेटौँडा उपमहानगर समिति अध्यक्ष शम्भु न्यौपाने, जिल्ला सचिव बलराम अधिकारी, मनहरी गाउँपालिका अध्यक्ष हेमलाल उप्रेती, नारायण उप्रेती, वडा सदस्य पुस्कर सुवेदी लगायतको सहभागिता रहेको थियो ।

सामग्री बुझ्दै गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले संकट टार्नका लागि सबै सामुदायिक र गैरसरकारी संस्थाको सहयोग रहेको भन्दै धन्यवाद दिनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here