चेपाङ जाबी चिनोसहित माग पत्र पेश गर्दै माननीय सन्तबहादुर चेपाङ ।

मनहरी–जेठ १९ गते । बागमती प्रदेश सभा सदस्य एबम् चेपाङ नेता सन्तबहादुर चेपाङले पश्चिम मकवानपुरको मनहरीमै पोष्टमार्टमको व्यवस्था मिलाउन प्रदेश सरकारसँग माग गर्नु भएको छ ।

उहाँले सामाजिक विकास मन्त्री सरस्वती बस्नेत र राज्यमन्त्री रामकुमार अधिकारीलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाउँदै मनहरी, राक्सिराङ, कैलाश लगायत ग्रामीण भेगका मानिसहरु अकालमै मर्दा पोष्टमार्टमका लागि हेटौँडा लैजानुपर्ने बाध्यता रहेको भन्दै मनहरीमै सुविधा माग गर्नु भएको हो । मनहरीमा रहेको अस्पतालमा डाक्टरको थप दरबन्दी व्यवस्थापनसहित पोष्टमार्टमको व्यवस्थाका लागि लिखित मागपत्र पेश गरिएको उहाँले बताउनुभयो ।

त्यसैगरी मन्त्रीद्वयसमक्ष उहाँले मनहरी गाउँपालिका ८ मा बेवारिसे रहेको चेपाङ छात्राबास मर्मतका लागि १ करोड र मनहरी ७ मा चेपाङ संग्रहालय निर्माणका लागि १ करोड र राक्सिराङ ७ धिराङमा स्वास्थ्य चौकी मर्मतका लागि ५० लाख रुपियाँ बजेट बिनियोजन गर्न माग गर्नु भएको छ ।

बागमती प्रदेश सरकारले आर्थिक बर्ष २०७८÷७९ का लागि बजेट तयारी गरिरहेको छ भने नीति तथा सार्बजनिक भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here