मनहरी–जेठ १९ गते । कोरोना संक्रमणको अबस्था र विकास निर्माण लगायतका कुरा बुझ्न र हेर्न समुदायमा पुगेका जनप्रतिनिधिहरु नै कोरोना संक्रमणको मारमा परेको मनहरी गाउँपालिका ४ नं वडाध््रयक्ष ध्रुव खड्काले बताउनु भएको छ ।

मनहरी लाइभ डटकम र रेडियो मनहरी एफएमसँग कुराकानी गर्दै वडाध्यक्ष खड्काले केही वडा सदस्यहरुमा संक्रमण देखा परेको बताउनुभयो । ‘जनप्रतिनिधि भएपछि गाउँ–गाउँमा गएर वडा बासीहरुको समस्या बुझ्नु प¥यो’, उहाँले भन्नुभयो–‘त्यसै क्रममा जनप्रतिनिधिहरु पनि संक्रमित बन्न पुगे ।’

पर्ने भएकोले बुझ्न जाँदा संक्रमण भएको हुन सक्ने उहाँले बताउनुभयो । यस वडा भित्र बनकरिया बस्ति पनि रहेको छ तर उक्त बस्तिमा भने हाल सम्म कोरोना भाइरसको संक्रमण देखा नपरेको उहाँले बताउनुभयो ।

४ नं वडामा गाउँपालिकाद्वारा सञ्चालित मोबाइल एम्बुलेन्स अर्थात अटो एम्बुलेन्स दुरुपयोग भएको समेत पाइएको छ । आँखाको बिरामी भनेर बिरामी नै नभएको मानिस हेटौडा बजारमा व्यक्तिगत कामका लागि गएको भेटिएको वडाअध्यक्ष खड्काले बताउनुभयो । पहिलो पटक भएकोेले सवारी चालक र सेवाग्राही दुवैलाई सम्झाई बुझाई गरी छोडिएको उहाँले बताउनुभयो । हाल ४ नं वडामा अटो एम्बुलेन्सको रुपमा २ वटा अटो सञ्चालनमा छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा जारी निषेधाज्ञाका कारण ४ नं वडाका किसानहरुमा सवैभन्दा बढी असर परेको उहाँले दाबी गर्नुभयो । किसानहरुद्वारा उत्पादित ९० प्रतिशत तरकारी बालीहरु खेतमै कुहिएर गएकोले किसानहरु मर्कामा परेका छन् ।

निषेधाज्ञाका कारण हालसम्म कसैले पनि खान लाउन धौधौ परेको भनेर गुनासो नआएको अध्यक्ष खडकले बताउनुभएको छ । विकास निर्माणका कार्यहरुमा सकेसम्म लक्षित वर्गहरुलाई समेटेर काम लगाइएकोले पनि त्यस्तो गुनासो नआएको हुन सक्ने उहाँले बताउनुभयो । उपभोक्ता समितिद्वारा सञ्चालित कार्यहरुमा सामाजि दुरी कायम गरी मास्क र सेनिटाइजरको प्रयोग गरी कार्य भइरहेको छ ।

यो समय धान, मकैमा दोस्रो पटक युरिया मल छर्ने बेला र बिऊ राख्ने समय हो । तर यो समयमा युरिया मल नपाएर किसानहरु मर्कामा परेका छन् । केही मात्रामा युरिया मल आए पनि दलालहरुले बढी महँगोमा बेच्ने गरेको गुनासो बढेको उहाँले बताउनुभयो । अनुगमनका क्रममा बिचौलियाहरु नभेट्ने गरेकोले समस्या समाधान गर्न गाह्रो भइरहेको उहाँले बताउनु भएको छ । हाल ४ नं वडामा भने बिउ नपाएको भनेर गुनासो भने नआएकोले बिउको भने सहजता नै हुनसक्ने उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here