राक्सिराङ–जेठ १८ गते । मकवानपुरको राक्सिराङ गाउँपालिकामा जंगली बिशालु च्याउको तरकारी खाँदा एक महिलाको ज्यान गएको छ । महिलाका श्रीमान र नातिनी बिरामी परेका छन् ।

स्थानीय स्वयम्सेवकको रुपमा काम गरिरहेको गैरसरकारी संस्था दीगो विकासका लागि एकता नेपालका फिल्ड संयोजक गोविन्द न्यौपानेले दिनु भएको जानकारी अनुसार मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका ७ बेसीटोलकी ५० बर्षीया चन्द्रमाया चेपाङ रहेकी छिन् । एकै भान्सामा खाना खाएका उनका श्रीमा चतुरमान र मामाघर आएकी नातिनी सजिता बिरामी छन् ।

सोमबार दिउँसो भएको घटना साँझतिर मात्रै सार्बजनिक भएकाले बिरामीको राति नै उद्धार गर्न सकिएको थिएन । मंगलबार बिहानै बिरामीको उद्धारका लागि गाडी पठाइएको न्यौपानेले बताउनुभयो । घटनाबारे ढिलो जानकारी आएकाले बुझ्ने काम भइरहेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक बिनोद श्रेष्ठले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here