कैलाश गाउँपालिकाबाट बिदा भएर मनहरी आउनु भएका प्रमुख प्रशासकीय अधिकृत शर्मा ।

मनहरी–जेठ १५ गते । मनहरी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउनु भएको छ । कैलाश गाउँपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतमा कार्य गर्दै आइरहनु भएका रामप्रसाद शर्माले मनहरी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा जिम्मेवारी सम्हाल्नु भएको हो ।

मनहरीमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाई भने कैलाश गाउँपालिका सरुवा हुनु भएको छ । दुबै प्रशासकीय अधिकृतहरुले आफ्नो कार्यक्षेत्रका कमाण्ड सम्हालिसक्नु भएको छ ।

नयाँ ठाउँ, वातावरण र परिस्थितिमा नयाँ आर्थिक बर्षको बजेट बनाउने समयमा भएको सरुवापछि नयाँ ढंगले काम गर्ने जोश जाँगर आउने अपेक्षा गरिएको छ । ‘नयाँ कामहरुलाई सिर्जनात्मक रुपमा सम्हाल्दै लैजाने र बिगतमा भएका गलत कामहरुलाई सुधार गर्दै लैजाने अधिकतम प्रयत्न गर्नेछु’, मनहरी गाउँपालिकामा हाजिर हुन आउनु भएका प्रमुख प्रशासकीय अधिकृत शर्माले भन्नुभयो ।

उहाँ यसअघि पनि विभिन्न स्थानीय तहमा रही काम गरिसक्नु भएका अधिकृत हुनुहुन्छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को मर्म, भावना, संघीय संरचनाको उद्देश्य र बिकेन्द्रित विकास मोडलमा आफ्नो तर्फबाट आवश्यक सहजीकरण गरी जनतालाई अधिकतम सेवा दिने गरी अघि बढ्ने उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here