मनहरी–जेठ १२ गते । मनहरी गाउँपालिका २ नं वडाध्यक्ष आनन्द घलान (बीरबहादुर)सहित गाउँपालिकाभर २८ जनामा एकैदिन संक्रमण पुष्टि देखिएको छ ।

मनहरी कोभिड अस्पतालले दिएको जानकारी अनुसार वडा नं २ मा वडाध्यक्षसहित १० जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी वडा नं ३ मा एकजना महिला र एकजना पुरुषमा कोरोना संक्रमण देखिएको छ । वडा नं ७ मा एक पुरुष तथा वडा नं ८ मा २ महिला र एकजना पुरुषमा कोरोना संक्रमण देखिएको मनहरी कोभिड अस्पतालका संयोजक ज्योतिराज लुइँटेलले जानकारी दिनुभयो । वडा नं ९ मा पनि एकजना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

वडा नं २, ३, ७, ८ र ९ मा गरी कूल २८ जनामा कोरोना संक्रमण देखिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here