मनहरी–जेठ ५ गते । मनहरी विकास संस्था (एमडिआई) नेपालले मनहरी अस्पतालका लागि १ सय थान एन्टिजेन टेस्ट किट प्रदान गरेको गरेको छ ।
बुधवार बिहान मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीलाई एमडिआई नेपालका तर्फबाट नवीन सुवेदीले किट हस्तान्तरण गर्नु भएको हो । स्थानीय तहको चुनावअघि लामो समय मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकालाई कार्यक्षेत्र बनाएर विकास निर्माण र कृषि क्षेत्रमा काम गरेको एमडिआईले दुःख परेको बेला स्थानीय सरकारलाई सहयोग गरेको जनाएको छ ।

पहिला परियोजना सञ्चालन गरेको क्षेत्रसँग भावनात्मक सम्बन्ध रहेका कारण एमडिआईका कार्यकारी अध्यक्ष खोपनारायण श्रेष्ठले सहयोगका लागि बारम्बार जोड गर्नु भएको एमडिआईका फिल्ड संयोजक सुवेदीले बताउनुभयो । उहाँले एमडिआईले सकेको सहयोग गर्र्दै जाने पनि बताउनुभयो ।

किट बुझ्दै मनहरी गाउँपालिका अध्यक्ष उप्रेतीले कोरोना महामारी अन्त्यका लागि जनप्रतिनिधि, सरकारी तथा गैरसकारी संस्थाहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । हस्तान्तरण कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति नारायण सुवेदी, स्वास्थ्य संयोजक टिकाराम अधिकारी, ७ नं वडा सदस्य शेखर बर्तौला, मनहरी स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका सदस्य गोविन्द पौडेल लगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here