अस्पतालमा जडान गरिएका डिलक्स बेडहरु ।

मनहरी–जेठ २ गते । कोभिड १९ नियन्त्रणका लागि मनहरी गाउँपालिकाले ८ नं वडा कार्यालयमा सञ्चालन गरेको मनहरी अस्पतालमा ४ वटा डिलक्स बेड जडान गरिएको छ ।

शनिबार अस्पतालमा डिलक्स बेड जडान गरिएको हो । अटोमेटिक उठाउन र ढलाउन मिल्ने डिलक्स बेडको जडानसँगै अब मनहरी अस्पतालमा २५ बेड तयारी छन् । ‘पछि अस्पताल बिस्तारका लागि उपयोग हुने भएकाले डिलक्स बेड खरिद ग¥यौँ’, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले भन्नुभयो–‘अत्यन्तै जटिल बिरामी आएमा डिलक्स बेड प्रयोग गरिनेछ ।’

यसैबीच मनहरी गाउँपालिकामा दोस्रो लहरको कोभिड १९ का कारण १३१ जना संक्रमित भएको पाइएको छ । तीमध्ये दुई पुरुष र एक महिला गरी ३ जनाको ज्यान गइसकेको छ । हाल मनहरी अस्पतालमा २ महिलासहित ५ जनाको उपचार भइरहेको मनहरी कोभिड अस्पतालका व्यवस्थापक ज्योतिराज लुइँटेलले जानकारी दिनुभयो ।

मनहरी गाउँपालिकाले अन्य स्थानीय तहको तुलनामा कोभिड अस्पताल सञ्चालन गरी नमूना काम गरिरहेको छ । चिकित्सक र सफाई कर्मचारीसहित अस्पतालमा १० जना स्वास्थ्यकर्मी परिचालित छन् । अस्पतालमा भर्ना हुने कोभिडका बिरामीहरुलाई दैनिक ४ पटक खाजा र खानाको ब्यवस्था गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here