मनहरी ८ स्थित मनहरी कोभिड अस्पताल परिसरमा अक्सिजन सिलिन्डर, धारा र नगद रकम हस्तान्तरण हुँदै ।

मनहरी–बैशाख ३१ गते । मनहरी ८ स्थित कोभिड अस्पतालका लागि जय मनहरी बालुवा उद्योग तथा मनहरी क्रसर एण्ड बालुवा उद्योगले २ वटा भरिएको अक्सिजन सिलिन्डर र २ वटा खाली सिलिन्डर हस्तान्तरण गरेको छ ।

उद्योगका तर्फबाट कोभिड अस्पतालमा ३ सय लिटर क्षमताको खानेपानी ट्याङ्की र स्ट्यान्डसहितको धारा सेटको व्यवस्था समेत गरिएको उद्योगका सञ्चालक सौगन लामाले जानकारी दिनुभयो ।

त्यसैगरी हालसम्म कोभिड अस्पतालमा जम्मा भएका सिलिन्डरहरुमा अक्सिजन भर्नका लागि नगद २५ हजार रुपियाँ पनि उद्योगका तर्फबाट अभिसेक अधिकारी र सुरेन्द्र सिटौलाले मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीलाई हस्तान्तरण गर्नु भएको थियो ।

यसअघि मनहरी गाउँपालिका भित्र रहेका क्रसर तथा बालुवा उद्योगहरुले २७ वटा खाली सिलिन्डर अस्पताललाई हस्तान्तरण गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here