मनहरी ८ सिमपानीस्थित चतुर्मुखी क्रसर तथा बालुवा प्रशोधन उद्योग प्रालि परिसरबाट सिलिन्डर हस्तारण हुँदै ।

मनहरी–बैशाख ३१ गते । कोभिड १९ का कारण देशभरका अस्पतालहरुमा अक्सिजन अभाव भइरहेको समयमा पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा सञ्चालित क्रसर उद्योगमा रहेका २७ थान अक्सिजन सिलिन्डर मनहरी गाउँपालिकालाई उपलब्ध गराइएको छ ।

यहाँ सञ्चालित ९ वटा क्रसर तथा बालुवा प्रशोधन उद्योगहरुले गाउँपालिकाले सञ्चालन गरेको कोभिड अस्पताललाई सजिलो होस् भनेर अक्सिजनका खाली सिलिन्डर उपलब्ध गराएको क्रसर व्यवसायी राजकुमार रावलले जानकारी दिनुभयो । उहाँका अनुसार क्रसर उद्योगमा अहिले अक्सिजनको काम नभएकाले अस्पताललाई हस्तान्तरण गरिएको हो । ‘अहिले उद्योगमा अक्सिजन सिलिन्डरको छैन, कामै हुँदा पनि मानिसको ज्यानभन्दा ठूलो काम होइन’, रावलले भन्नुभयो ।

मनहरीस्थित चतुर्मुखुी क्रसर तथा बालुवा प्रशोधन उद्योग प्रालिबाट ३ थान, सन्तोेषी बालुवा उद्योगबाट ४ थान, जनसेवा क्रसर उद्योगबाट २ थान, दुर्गालक्ष्मी एग्रिगेट्सबाट १ थान, ओम शान्त बालुवा उद्योगबाट १ थान, आफ्नै बालुवा उद्योगबाट १ थान, स्वस्तिक क्रसर उद्योगबाट १ थान, दाङसिङ सेन्ड इन्डस्ट्रिजबाट ४ थान र बर्ताैला बालुवा उद्योग तथा इन्जिनियरिङ वक्र्सबाट १० थान सिलिन्डिर कोभिड अस्पताललाई हस्तान्तरण गरिएको हो । क्रसर व्यवसायी संघ मनहरी इकाइका अध्यक्ष राजकुमार रावलको संयोजकत्वमा अक्सिजन सिलिन्डर संकलन गरी गाउँपालिकाले सञ्चालन गरेको कोभिड अस्पताललाई हस्तान्तरण गरिएको हो ।

उद्योगीहरुले उपलब्ध गराएको अक्सिजन सिलिन्डर बुझ्दै मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले उद्योगीहरुलाई धन्यवाद दिनुभयो । उहाँले ‘मान्छेको ज्यान जोगाउने अक्सिजनको सिलिन्डर बुझाएर व्यवसायीले ठूलो धर्म कमाउनु भएको छ’, भन्नुभयो । प्राप्त भएका खाली सिलिन्डरहरु तत्कालै भर्नका लागि अक्सिजन उत्पादन गर्ने उद्योगहरुमा पठाइने र अक्सिजनको सहज व्यवस्थापन गरिने अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।

सिलिन्डर हस्तान्तरण कार्यक्रममा सबै उद्योगका प्रतिनिधिहरु, समाजसेवीहरु, सञ्चारकर्मी र सुरक्षाकर्मीको सहभागिता रहेको थियो । यसैबीच सोही अबसरमा क्रसर व्यवसायीले इलाका प्रहरी कार्यालय मनहरीलाई मास्क र सेनिटाइजर हस्तान्तरण गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here