मनहरी–बैशाख ३० गते । अहोरात्र सुरक्षा कार्यमा खटिने सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी मनहरीस्थित लायन्स क्लव अफ मनहरी सूर्याेदयले एक हजार थान मास्क र सेनिटाइजर हस्तान्तरण गरेको छ ।

विहिबार इलाका प्रहरी कार्यालय मनहरी पुगेर लायन्स क्लव अफ मनहरी सूर्याेदयका पदाधिकारीहरुले मास्क र सेनिटाइजर हस्तान्तरण गर्नु भएको हो । इलाका प्रहरी कार्यालय मनहरी र शसस्त्र प्रहरी बल आइआरटी पोष्टका लागि मास्क र सेनिटाइजर उपलब्ध गराइएको क्लवका अध्यक्ष केसी पुरीले जानकारी दिनुभयो ।

उहाँले यस्तो जटिल अबस्थामा युवाहरुको तर्फबाट सुरक्षाकर्मीलाई उत्साहित बनाउने गतिविधि गर्नुपर्छ भन्ने उद्देश्यले सहयोग गरिएको बताउनुभयो ।

हस्तान्तरणका क्रममा मनहरी गाउँपालिका ७ नं वडाध्यक्ष ठाकुरराम तितुङ, इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख बिनोद श्रेष्ठ, शसस्त्र प्रहरी बल आइआरटी पोष्टका प्रमुख शिव सुनार, क्लवका सल्लाहकार गोविन्द बर्ताैला लगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here