मनहरी–बैशाख २९ गते । कोभिड १९ को संक्रमण फैलन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले गरेको निषेधाज्ञा मनहरीमा अबज्ञा भएपछि बुधवार र बिहिबार थप कडाई गरिने भएको छ ।

इलाका प्रहरी कार्यालय मनहरीमा बुधवार बिहान बसेको सर्बपक्षीय बैठकले यस्तो निर्णय गरेको हो । मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, ७ नं वडाध्यक्ष ठाकुरराम तितुङ, मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका पदाधिकारीहरु र सुरक्षाकर्मी उपस्थित बैठकले यस्तो निर्णय गरेको हो । निषेधाज्ञाको अबधि सकिन २ दिन बाँकी हुँदा औषधी पसलबाहेक सबै व्यवसाय ठप्प पारिन लागेको हो ।

मंगलबार प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरतमणि पाण्डेले अनुगमन गर्दा मनहरीमा असरल्ल रुपमा पसलहरु खुलेको, अटो र मोटरसाइकलहरु चलेको देखेपछि तत्कालै एक्सन लिन प्रहरीलाई निर्देशन दिनु भएको थियो भने गाउँपालिका अध्यक्षलाई समेत ध्यानाकर्षण गराउनु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी (सिडिओ) को आदेश बिपरित यस क्षेत्रमा बिहान होटल, कपडा पसल, मोबाइल पसल, हार्डवेयर लगायतका पसलहरु समेत खुलेका थिए ।

अत्यावश्यक खाद्यान्न, दूध, औषधीपसल लगायतका पसलहरु मात्रै खुलाउने आदेश भएपनि यस क्षेत्रका सबै पसलहरु खुलेका थिए । अब बैशाख ३१ गते सम्म मनहरीका औषधी पसलबाहेक सबै सबै पसलहरु बन्द गर्ने र सडकमा मानिसको आवागमनलाई रोक्ने गरी प्रहरी परिचालन गर्ने निर्णय भएको मनहरी गाउँपालिका अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here