मनहरी–बैशाख २३ गते । मनहरी गाउँपालिकामा बिहिबार मात्रै १९ जना कोरोना संक्रमित थपिएका छन् ।

मनहरी अस्पतालले गरेको २७ जनाको एन्टिजेन परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो । पुष्टि हुनेहरुमा ८ जना महिला र ११ जना पुरुष रहेको मनहरी गाउँपालिका स्वास्थ्य संयोजक टिकाराम अधिकारीले बताउनुभयो ।

बिहिबार संक्रमण पुष्टि हुनेहरुमा वडा नम्बर १ र वडा नम्बर ६ को १–१ जना, वडा नम्बर ७ र वडा नम्बर ८ को ६–६ जना र वडा नम्बर ९ का ५ जनालाई गरि २७ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै मनहरी गाउँपालिका भित्र दोस्रो लहरको कोरोनाका कारण ७९ जनामा संक्रमण पुष्टि भएकोमा १ जनाको मृत्यु भएको छ । कोरोनाको पहिलो र दोस्रो चरण गरी मनहरी गाउँपालिका भित्र हालसम्म ३ जनाको मृत्यु भएको स्वास्थ्य संयोजक अधिकारीले बताउनुभयो ।

हाल मनहरी अस्पतालमा ३ जना महिलासहित ४ जना उपचाररत छन् । बाँकी संक्रमितहरु होमआइसोलेसनमा रहेका छन् । गाउँपालिका स्वास्थ्य शाखाबाट गरिएको फलोअपमा सबै जना संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अधिकारीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here