कैलाश–बैशाख २३ गते । कैलाश गाउँपालिकामा ७५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पुष्टि हुनेमा महिला १२ जना र पुरुष २३ जनामा गरी कुल ३५ जना रहेको कैलाश गाउँपालिका स्वास्थ्य संयोजक श्याम सुन्दर महतोले बताउनुभयो ।

संक्रमण पुष्टि हुनेहरुमा कैलाश ९ का ६ महिला १४ पुरुष र कैलाश १० का २ पुरुष गरी कैलाश गाउँपालिका भित्र मात्र २३ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी सीमाना जोडिएको भीमफेदी गाउँपालिका ९ का ५ महिला र ७ पुरुष गरि १२ जनामा संक्रमण पुष्टि भएको हो । सबै संक्रमितको परीक्षण भने कैलाश अस्पतालमा गरिएको थियो ।

बिहिबार संक्रमण हुने प्रत्येक संक्रमितलाई १०–१० थान मास्क र १–१ बोतल सेनिटाइजर वितरण गरिएको संयोजक महतोले बताउनुभयो । संक्रमित सबै होमआइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा उपचाररत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here